अनुहारको चिल्लोपना कसरी हटाउने ? 



Download our app to get more features

विस्तारै जाडो कम हुँदै देशभर गर्मी सुुरु हुन लागि सकेको छ । गर्मी सुरु भएसँगै स्वास्थ्यमा  विभिन्न समस्या देखिन थाल्छ । गर्मीमा अनुहार चिल्लो हुने समस्याले धेरैलाई आजित बनाएको हुन्छ । 

चर्को घाम अनि वातावरण प्रदुषणका कारण अनुहारमा चिल्लोपना बढ्ने गर्छ । कसैको भने छाला नै चिल्लो प्रकारको हुन्छ । अनुहारको छालामा चिल्लोपना बढी भएमा डण्डिफोर तथा खटिरा आउने सम्भावना बढी हुन्छ । यस्ता खटिरा दाग बनेर अनुहारको सौन्दर्य बिगार्न सक्छ । 

त्यसैले छाला स्वस्थ राख्न विशेष ध्यान दिनुपर्ने हुन्छ । गर्मी मौसम त चिल्लो छाला हुनेका लागि टाउको दुखाई नै बन्छ । त्यसैले के कारणले यस्तो भएको हो त्यसैअनुसार यस्तो समस्याको निराकरण गर्न सकिन्छ । 

अनुहारको छाला स्वस्थ राख्न सबैभन्दा पहिले खानपानमा ध्यान दिनुपर्छ । अनुहार चम्किलो राख्न पानी प्रशस्त पिउने, फलफूल तथा हरियो सागसब्जी खान जोड दिनुपर्छ । कपालमा लगाएको तेलले पनि अनुहारमा चिल्लो बढ्छ । 

छालामा  चिल्लोपना बढी भएका मानिसले व्युटिसियनको सल्लाहमा सनब्लक तथा अन्य क्रिम प्रयोग गर्नुपर्छ । श्रृङ्गार सामग्रीले समस्या उत्पन्न भएको छ भने छाला रोग विशेषज्ञसँग सल्लाह लिनुपर्छ । कतिपय मानिसलाई छालाअनुसार श्रृङ्गार सामग्री नफाप्न सक्छ । 

गर्मी मौसममा अनुहारमा बढी नै चिल्लो निस्कने हुदाँ धूलो टाँसिएर खटिरा आउन सक्छ । धुवाँ, धुलो उड्ने ठाउँमा जानुभएको छ भने जतिसक्दो चाँडो मुख धुनु राम्रो मानिन्छ । 
अनुहारमा चिल्लोपना आउनेबित्तिकै नरम कपडाले मुख पुछ्नु पर्छ । अनुहारमा चिल्लोपना कम गर्ने सबैभन्दा राम्रो उपाय उचित सरफाई र खानपान नै हो । बढी चिल्लो खाना नखाने गर्दा पनि अनुहारमा चिल्लोपना कम हुन्छ ।

एजेन्सीको सहयोगमा 
 

Last modified on 2017-06-23 14:41:21

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts