बलिवुड अभिनेत्री दिशा पाटनीको फिटनेश सिक्रेट !



Download our app to get more features

बलिवुड अभिनेत्रीहरुमध्य दिशा पाटनी युवा पुस्तामा निकै चर्चित र लोकप्रिय छिन् । दिशाले बलिवुडमा आफ्नो अभिनय सुरु गरेको धेरै समय नभएपनि उनको फिगर र फिटनेशले सबैलाई आफूतिर आकर्षित गर्ने गरेको छ । 

दिशा पाटनी स्टाइलिस देखिनुका साथसाथै फिटनेश फ्रिकपनि छिन् । उनले आफूलाई फिट राख्नका लागि कडा मिहिनेत पनि गर्छिन् । उनको फिटनेश रुटिनले मानिसलाई धेरै नै प्रभावित पनि गर्छ ।

आफ्नो फिट र टोन्ड बडीलाई दिशा प्रायजसो विभिन्न पोजहरुमा तस्वीरमार्फत् सार्वजनिक गर्ने गर्छिन् । त्यति मात्रै होइन उनले आफ्नो फिटनेश र वर्कआउटका विभिन्न भिडियोहरुपनि सामाजीक सञ्जालमा सार्वजनिक गर्दै आएकी छिन् ।

दिशा एक तालिमप्राप्त जिमनास्ट छिन् र उनलाई किकबक्सिंग पनि निकै मन पर्छ । उनको वर्कआउटमा डान्सिङ्ग, पाइलेट्स, कार्डियो र वेटलिफ्टिङ्ग जस्ता व्यायामहरु समावेश छन् ।

आफ्नो एब्स स्ट्रेन्थका लागि पनि दिशा वर्कआउट गर्छिन् । जसले मानिसलाई फिटनेश लक्ष्य दिने गर्छ । दिशाले आफूलाई सँधै एक्टिभ राख्न मन पराउँछिन् । उनी प्रत्येक दिन बिहान एक घन्टा योग पनि गर्छिन् ।

त्यसबाहेक उनी आफ्नो निद्राको पूरै ध्यान राख्छिन् । समयमै सुत्ने र बिहान सबेरै उठ्ने उनको नियमित बानी हो । राम्रो निद्राले मानिसलाई तनावमुक्त गर्छ भने स्वस्थ जीवनशैलीका लागि पनि पर्याप्त निद्रा आवश्यक हुने उनको भनाइ छ ।

यस्तै फिट रहनका लागि सबैभन्दा महत्त्वपूर्ण खानपान हो । दिशाको खानपानमा प्रोटिन र कार्बोहाइड्रेटको मिश्रण हुन्छ । उनी रातिको खानामा कार्बोहाइड्रेट खानबाट बच्छिन् भने प्रोटिनलाई समावेश गर्छिन् । त्यसबाहेक पर्याप्त मात्रामा हरियो सलाद उनको खानामा अनिवार्य समावेश हुन्छ । 

फिट रहनका लागि कडा वर्कआउट गर्नु आवश्यक रहेको र खानपान सबैभन्दा महत्त्वपूर्ण भएकाले त्यसमा विशेष ध्यान दिनु पर्ने उनको फिटनेश मन्त्र हो । स्वस्थ खाना र व्यायाम नै फिटनेशका लागि महत्त्वपूर्ण भएको उनको बुझाइ छ ।

आजको खानपानले तपाईंको भोलिको स्वास्थ्यलाई प्रभाव पार्ने भएकाले स्वस्थकर खानपानलाई बढी महत्त्व दिनुपर्ने दिशा बताउँछिन् । 

Last modified on 2021-07-24 10:35:44


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts