NEWS: –पोखरामा बर्डफ्लु फेला पर्यो, मरेको हाँस कुखुरा जाँच गर्दा बर्डफ्लु भएको पुष्टि भएपछि खाल्टेमसिना र आसपासलाई संक्रमित क्षेत्र घोषणा गरी पन्छिजन्य वस्तु बिक्री वितरण र ओसारपसार नगर्न स्थानीय प्रशासनको अपिल । –काठमाडौंको सोह्रखुट्टेमा पर्यटक लक्षित २५ शैयाको ‘एरा हेल्थ सेन्टर’ को स्थापना, सेन्टरले स्वदेशी तथा विदेशी बिरामीको उपचारका लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारका उद्धार, परामर्श एवं उपचार सेवा र सुविधाको भरपर्दो व्यवस्था मिलाएको दावी । –स्वास्थ्य मन्त्रालयको समन्वयमा महिलाको स्तन र पाठेघरमा लाग्ने क्यान्सरको निःशुल्क उपचारको व्यवस्था मिलाउने महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयको तयारी, आगामी बजेटमा रकम नै विनियोजन गर्ने स्वास्थ्य मन्त्रालयको भनाई । <<>><<>>

Article

Scroll to Top