बाँकेका स्वास्थ्य चौकीमा सिटामोल र जीवनजल समेत छैनन् ।



Download our app to get more features

बाँके जिल्लाका दुर्गम क्षेत्रमा रहेका हेल्थपोष्टहरुमा सिटामोल र जीवनजल जस्ता अत्याबश्यक औषधिहरुको अभाब हुदा बिरामीहरु समस्यामा परेका छन । बाँकेको बिनौना हेल्थपोष्टमा सरकारले उपलब्ध गराउने ३५ किसिमका औषधी मध्ये सिटामोल, जिङ चक्की र जीवनजल जस्ता २७ किसिमका अत्याबश्यक औषधिहरु नभएको हेल्थपोष्टका इन्चार्ज हिरामणी थारुले बताए । औषधि सकिएपछि त्यसको लिखित जानकारी सहित जिल्ला जनस्वास्थ्य कार्यालयमा माग फारम बुझाए पनि हालसम्म जनस्वास्थ्य कार्यालयले औषधि उपलब्ध गराएको छैन ।

Comment from facebook