मुटु दिवस

मुटु जोगाउन अपनाउनुस् यस्ता उपाय



Download our app to get more features

मुटु रोगीको संख्या दिनप्रतिदिन बढ्दो क्रममा रहेको चिकित्सकहरूको भनाई छ ।

तनावपूर्ण जीवनशैली र विलाशीपन मुटुरोगीको संख्या बढ्नुको पहिलो कारण भएको उनीहरूको भनाई छ । यसमध्ये पनि खानपानमा ध्यान नदिने मानिसमा चाडै मुटुरोग देखिने बताउँछन् मुटुरोग विशेषज्ञ डा. कमल लम्साल । डा. लम्सालले मुटु जोगाउन यस्तो गतिविधि गर्न सुझाब दिएका छन् ।

— स्वास्थ्य परीक्षण नियमित गराउने ।

— मुटुरोग जन्माउने रोगबाट टाढा रहने ।

— परिवारका कुनै सदस्यलाई मुटु रोग भएमा उसका सन्तानले पनि नियमित मुटु चेकजाँच गर्ने र थप सजग रहने ।

— शरीरको उचाइ अनुसार तौल सन्तुलन गर्ने ।

— सुगर र कोलस्ट्रोलको मात्रा सन्तुलन राख्ने । 

— नियमित शारीरिक व्याम गर्ने ।  

— चिल्लो खानेकुरा कम खाने । 

— तनावमुक्त रहने । 

— धुम्रपान तथा मध्यपानबाट टाढा रहने । 

Last modified on 2017-09-29 07:41:20

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts