क्षतिपूर्ति चिकित्सकबाटै भराउने निर्णय फिर्ता लिन माग

सरकारले चिकित्सा क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको आरोप



Download our app to get more features

काठमाडौँ, ५ असोज । उपचारका क्रममा बिरामीको मृत्यु भए सम्बन्धित चिकित्सकबाटै क्षतिपूर्ति भराउन मन्त्रीपरिषद्ले गरेको निर्णयविरुद्ध चिकित्सकहरूले प्रदर्शन गरेका छन् ।

नेपाल चिकित्सक समाजले विहीबार उक्त निर्णय फिर्ता लिन माग गर्दै माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ । 

उक्त अवसरमा समाजका सदस्य डा. विकास जैशीले सरकारको निर्णय बर्बरतापूर्ण र चिकित्सकीय पेशामाथिकै दुुुव्र्यव्हार भएको बताए । सरकारले उक्त निर्णय फिर्ता नलिए कडा आन्दोलन गर्ने उनले चेतावनी दिए । डा. जैशीले बिरामीका लागि मात्रै सरकारले सोचेर नहुने र चिकित्सकको जीवनरक्षाका लागि पनि सरकार जिम्मेवार हुनुपर्ने जोड दिए । उनले नेपाल चिकित्सक संघले थालेको आन्दोलनमा समाजको ऐक्यबद्धता भएको जनाए । सरकारलाई निर्णय फिर्ता लिन दबाब स्वरुप भोली (शुक्रबार) देखि देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा ठप्प गर्ने बताए । 

नेपाल चिकित्सक संघको बुधबार बसेको आकस्मिक बैठकले पनि सरकारलाई उक्त निर्णय फिर्ता लिन दबाब दिने निर्णय गरेको थियो । संघको बैठकले पनि शुक्रबारदेखि देशभरका सम्पूर्ण अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्द गर्ने निर्णय गरेको थियो । 

मन्त्रिपरिषद्को सोमबारको बैठकले उपचारका क्रममा बिरामीको मृत्यु भए चिकित्सकबाटै क्षतिपूर्ति भराउने गरी विधेयक निर्माण गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको थियो । 


 

Last modified on 2017-09-22 08:42:25

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts