स्वास्थ्य मन्त्रालयको समिक्षा गोष्ठीमा आज अस्पतालका विषयमा छलफल शुरु 

८ ठाउँमा विभाजन गरी छलफल चल्दै



Download our app to get more features

काठमाडौं,५ असोज । हिजोदेखी काठमाडौंमा शुरु भएको स्वास्थ्य मन्त्रालयको बार्षिक समिक्षा गोष्ठी अन्तर्गत आज दोस्रो दिन पनि अनौपचारिक रुपमै सञ्चालन भइरहेको छ ।

देशभरका अस्पतालहरुका विषयमा केन्द्रित रहेर छलफल हुनेछ ।सात ठाउँमा सात प्रदेशका अस्पतालहरुको बारेमा र आठौ ठाउँमा केन्द्रिय अस्पतालका बारेमा व्यापक छलफल हुने कार्यक्रम रहेको स्वास्थ्य मन्त्रालयका सूचना व्यवस्थापन शाखाका प्रमुख मुक्ति खनालले जानकारी दिए ।  कार्यक्रममा जिल्ला, क्षेत्र तथा केन्द्रका गरी झण्डै तीन सय बढी प्रतिनिधीको सहभागिता रहेको छ । 

उनका अनुसार यसपालि विगतको भन्दा गोष्ठीको मोडालिटीमा पनि परिवर्तन गरिएको छ, जसअनुसार हिजो र आज दुई दिनसम्म प्रदेशस्तरीय अनौपचारिक समिक्षा चलिरहेको छ । त्यसपछि भोली मात्र कार्यक्रमको औपचारीक उद्घाटन हुनेछ । ६ गतेदेखि ८ गते सम्म गोष्ठीमा राष्ट्रिय स्तरकै समिक्षा हुनेछ । गोष्ठीको अन्तिम दिन ९ गते भने नयाँ कार्यक्रमको लागि ओरिन्टेशन कार्यक्रम राखिएको खनालले बताए ।  

कार्यक्रममा भाग लिन ७५ वटै जिल्लाबाट जिल्ला स्वास्थ्य प्रमुख, जनस्वास्थ्य प्रमुख, क्षेत्रीय स्वास्थ्यका प्रमुख, ५० शैया माथिका अस्पतालका प्रमुखहरु, केन्द्रीय अस्पताल, विभाग तथा मन्त्रालयका प्रमुखहरु राजनधानी आएका छन् ।  
यसअघिसम्म पाँच विकास क्षेत्रमा गएर गरिने समिक्षा गोष्ठी यसपटक भने देशको संघिय संरचनाअनुसार प्रदेशस्तरीय गरिएको हो । तर सबै प्रदेशको समिक्षा काठमाडौंमै हने छन् ।

Last modified on 2017-09-21 16:49:24


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts