अस्पताल आउजाउ गर्न रेडक्रसले बनायो 'गोरेटो बाटो'

स्थानीय खुशी



Download our app to get more features

गोरखा,५ असोज । भूकम्प र पहिरोबाट क्षतिग्रस्त गोरखाको हर्मी, थालाजुङ र आँपपीपल गाउँमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा गोरखाले गोरेटो बाटो निर्माण गरेको छ ।

एक्लेपुलदेखि आँपपीपल अस्पतालसम्म रु. तीन लाख ७२ हजार ५९९ खर्च गरी बाटो निर्माण गरिएको बताउँदै रेडक्रस जिल्ला शाखा गोरखाले जनाएको छ । गोरेटो बाटो निर्माणपछि स्थानीय बासिन्दालाई गाउँदेखि अस्पताल आउजाउ गर्न सजिलो भएको छ ।

यस्तै रेडक्रसले चम्पावतीदेखि पराजुली गाउँ हुँदै माल्टारसम्म रु. सात लाख ९६ हजार ६६० लगानी गरी गोरेटो बाटो बनाएको हो । खार्को चौतारादेखि हर्मीसम्म रु. तीन लाख ५७ हजार १९५ लगानी गरी अर्को बाटो बनाइएको छ । जामुनेबेशीदेखि श्रीनाथथान हुँदै थालाजुङ पुग्ने गोरेटो बाटो रु. तीन लाख ३२ हजार ९२० लगानीमा बनाएपछि स्थानीय बासिन्दालाई गन्तब्यमा पुग्न सजिलो भएको स्थानीयले बताएका छन् ।

रेडक्रसले भूकम्पपछि हर्मीमा १२० वटा बाख्राका खोर, थालाजुङ्गमा ३५६ वटा बाख्रा खोर निर्माण गरी किसानहरु लाई सहयोग पु¥याएको छ । रेडक्रसका मन्त्री राजेन्द्र न्यौपानेका अनुसार रु. आठ हजारदेखि बाह्र हजारसम्म खोर निर्माणका लागि किसानलाई पैसा दिइएको हो । 
 

Last modified on 2017-09-21 07:52:16


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts