भक्तपुर क्यान्सर अस्पतालको निर्देशकमा डा. ऋषिकेश



Download our app to get more features

काठमाण्डौ, ५ असोज । भक्तपुर क्यान्सर अस्पतालको निर्देशकमा डा. ऋषिकेश नारायण श्रेष्ठ नियुक्त भएका छन् । 

नेपाल अर्बुद रोग निवारण संस्थाद्वारा सञ्चालित अस्पतालको बुधवार बसेको बोर्ड बैठकले श्रेष्ठलाई निर्देशक नियुक्त गरेको हो । निवर्तमान निर्देशक डा. प्रकाशराज न्यौपानेको दोश्रो कार्यकाल पनि सकिएपछि निर्देशकमा डा. श्रेष्ठलाई निर्देशक बनाइएको हो ।

भरतपुर क्यान्सर अस्पतालका अध्यक्ष समेत रहेका डा. न्यौपाने चार वर्ष भक्तपुर क्यान्सर अस्पतालको निर्देशक रहे । नवनियुक्त श्रेष्ठ यसअघि ग्वार्को स्थित किष्ट मेडिकल कलेज एण्ड अस्पतालको निर्देशक समेत रहिसकेका छन् । जनरल सर्जन श्रेष्ठले अंको सर्जरीमा फेलोसिप गरेका छन् । 

Last modified on 2017-09-21 16:49:36

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts