स्वास्थ्य मन्त्रालयको बार्षीक समिक्षा गोष्ठी

‘सरकारी अस्पतालको सेवा सुधारौं’



Download our app to get more features


काठमाडौं, ४ असोज । सरकारी अस्पताल स्रोत र साधन सम्पन्न भए पनि निजी अस्पतालले दिने जत्तिको सेवा दिन नसकेकोप्रति चिकित्सकहरूले गम्भीर चासो र चिन्ता व्यक्त गरेका छन् । उनीहरूले निजी अस्पतालसँग प्रतिस्पर्धाको आधारमा अगाडि नबढे अबका दिनमा सरकारी अस्पताल चल्न नसक्ने बताएका छन् ।

बुधबारदेखि काठमाडौंमा सुरु भएको स्वास्थ्य मन्त्रालयको बार्षीक समिक्षा गोष्ठीमा सहभागी चिकित्सकहरूले सरकारी अस्पतालले दिने स्वास्थ्य सेवामा पूर्ण रुपमा परिवर्तन ल्याउन जरुरी रहेको बताए । ‘नयाँ नयाँ प्रविधिको प्रयोग गरी निजीले जनतालाई स्वास्थ्य सेवा दिदै आएका छन् । तर, सरकारी अस्पतालमा ३०औं बर्ष पुराना उपकरणको माध्यमबाट सेवा प्रवाह भइरहेको छ । यसलाई परिवर्तन नगरे सरकारी अस्पताल चल्न सक्दैँनन ।’ भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रुद्र मरासिनीले भने । उनले देशभरका सरकारी अस्पतालको सेवा प्रवाह राज्यको प्राथमिकतामा नपरेको बताएका छन् । पाँच दिनसम्म चल्ने कार्यक्रममा सहभागि हुन ७५ वटै जिल्लाबाट जिल्ला स्वास्थ्य प्रमुख, जनस्वास्थ्य प्रमुख, क्षेत्रीय स्वास्थ्यका प्रमुख, ५० शय्या माथिका अस्पतालका प्रमुखहरू, केन्द्रीय अस्पताल, विभाग तथा मन्त्रालयका प्रमुखहरूको सहभागिता छ ।

सरकारी अस्पतालहरूको प्रतिनिधित्व गर्दै डा. मरासिनीले भने, ‘निजी अस्पतालले दिएको सेवासँग हामीले प्रतिस्पर्धा गर्नुपर्छ । जनताले विश्वास गर्ने हिसाबले सेवाको गुणस्तरमा सुधार ल्याउनु छ । अन्यथा सरकारी अस्पताल सञ्चालन गर्न सकिने अवस्था रहदँैन ।’
 

Last modified on 2017-09-21 07:08:44

  1. निशा शर्मा

    शर्मा हाम्रो डक्टरमा संवाददाताको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts