फाइबरयुक्त धातु प्रयोग रोक्न जोड



Download our app to get more features

काठमाडौं, ४ असोज । एशियाली मुलुकमा बढीरहेको फाइबरयुक्त ( एस्बेस्ट्स्) धातुको प्रयोग रोक्न यसको उत्पादन, आयात, बिक्रीवितरण र प्रयोग रोक्नु पर्ने सरोकारवालाहरूले जोड दिएका छन् । जापानको एस्बेस्ट्स् ब्यान एस्बेस्ट्स् नेटवर्क र हङकङस्थित एशियन नेटवर्क फर द राइट्स अफ अक्युपेसनल एण्ड इन्भारोमेन्टल भिक्टिम्स्को सहयोगमा जनस्वास्थ्य वातावरण प्रवद्र्धन केन्द्र र नेपाल ट्रेड यूनियन महासंघको आयोजनामा काठमाडौंमा ३ भदौदेखि शुरु भएको सम्मेलनका सहभागिले एस्बेस्ट््स्को प्रयोगमा प्रतिबन्ध लगाउन जोड दिएका हुन् । 

एस्बेस्ट्स्को प्रयोगले क्यान्सरको खतरा

एस्बेस्ट्स्को लामो समयसम्मको प्रयोगबाट मानिसमा मेसोथेलियोमा नामक क्यान्सर लाग्ने खतरा हुन्छ । फाईबरयुक्त धातुको प्रयोग एशियाली मुलुकमा बढ्दै गएकाले यहाँ मानिसमा मेसोथेलियोमा क्यान्सरको जोखिम पनि बढ्दो रहेको सम्मेलनमा सहभागि विशेषज्ञले जोड दिएका थिए । 

सम्मेलनमा आईबिएनका संयोजक सुगियो फुरोयाले दक्षिण एशियामा एस्बेस्ट्स्को प्रयोग र आयातनिर्यात बारे कार्यपत्र प्रस्तुत गरेका थिए । 

सिफेडका निर्देशक तथा वातावरण वैज्ञानिक रामचरित्र साहले नेपाल सरकारले तीन वर्षअघि कानुनी रुपमा एस्बेस्ट्स्को आयात, बिक्री वितरण र प्रयोगमा प्रतिबन्ध लगाए पनि भन्सार कार्यालयबाट खुलेआम आयात भइरहेको बताए । मानिसलाई ऐस्बेस्ट्स्का कारण हुने संक्रमणबाट जोगाउन एस्बेस्ट्स्युक्त फोहोरको व्यवस्थापन गर्नु अत्यावश्यक भइसकेको साहले बताए । 

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का डा. सुदनराज पन्थीले डब्लूएचओबाट नेपालसहित अन्य मुलुकमा एस्बेस्ट्स्ले जनस्वास्थ्यमा पर्ने असर, न्यूनिकरणका लागि विश्व स्वास्थ्य संगठनको रणनीतिका बारेमा प्रस्तुती दिएका थिए । डा. पन्थीले एस्बेस्ट्स्को असर कम गर्न जनचेतनाका कार्यक्रम र अनुसन्धानका लागि सक्दो सहयोग गर्ने बताए । 

नेपालमा एस्बेस्ट्स्को प्रयोग गैरकानुनी

भन्सार विभागको केन्द्रीय प्रयोगशालाका निर्देशक मनोजनिधी वाग्लेले विभागबाट एस्बेस्ट्स्को आयात रोक्न प्रभावकारी काम भइरहेको बताए । नेपालले एस्बेस्ट्स्को आयात, बिक्री र प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ । एस्बेस्ट्स्को प्रतिबन्ध लगाउने दक्षिण एशियामा नेपाल पहिलो मुलुक हो । भन्सार विभागले एस्बेस्ट्स्को परीक्षण र पहिचान गर्ने प्रविधिको विकास गरेको छ ।

Last modified on 2017-09-20 17:59:06

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

1 Comments

  1. Very good news features , pls change the word DHATU with KHANIJ . It will be perfectly fine.


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts