मन्त्रिपरिषदले गरेको निर्णयप्रति स्वास्थ्य मन्त्रीकै असहमति



Download our app to get more features

काठमाडौं, ३ असोज । उपचारमा लापर्वाही गरे चिकित्सकलाई नै क्षतिपुर्ति भराउने कानुन बनाउन मन्त्रिपरिषदले स्वास्थ्य मन्त्रालयलाई दिएको निर्देशन बारे स्वयं स्वास्थ्यमन्त्रीले नै अनभिज्ञता प्रकट गरेका छन् ।

स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले निर्णयप्रति अनभिज्ञतामात्र होइन असहमति नै व्यक्त गरेका छन् । दशैंको पूर्वसन्ध्यामा मंगलबार पत्रकारहरुसँग छलफल गर्दै मन्त्री पोखरेलले मन्त्रिपरिषदले गरेको निर्णयमा घुमाउरो पारामा असहमति जनाएका हुन । सोमबार बसेको मन्त्रिपरिषद बैठकले उपचारमा लापर्वाही भए चिकित्सकलाई क्षतिपुर्ति भराउने कानुन बनाउन स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको थियो ।

छलफलका क्रममा मन्त्री पोखरेलले भने, ‘बिभागीय मन्त्रीको उपस्थिति बिना नै भएको निर्णयमा तत्काल म धेरै बोल्दिन । तर, यो निर्णयले मलाई गम्भीर बनाएको छ । म निर्णयको पुरा फायल मगाउने छु ।’ उनले कुन कोणबाट मन्त्रिपरिषदमा निर्णय भयो त्यसको जानकारी तत्काल माग्ने पनि बताए । मन्त्रि पोखरेलले भोलि नै मुख्यसचिवलाई बोलाएर स्वास्थ्य मन्त्रालयलाई दिएको निर्देशन बारे आधिकारिक जानकारी लिने स्पष्ट पारे । 

Last modified on 2017-09-20 07:42:12

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts