ओम अस्पतालको अध्यक्षमा पुनः भोला रिजाल

सात महिनामै पदाधिकारीहरु परिवर्तन



Download our app to get more features

काठमाडौं, ३१ भदौ । बिरामीको मृत्युलाई लिएर पछिल्लो समय लगातार विवादमा तानिएको राजधानीको ओम अस्पतालको व्यवस्थापनमै उथलपुथल भएको छ ।

नाकको उपचार गराउन आएकी बुटलकी ४० वर्षीय कमला भट्टराईको संक्रमणबाट मृत्यु भएपछि आलोचना खेपिरहेकै बेला स्त्री रोग विशेषज्ञ डा. भोला रिजाल पुनः अस्पतालको अध्यक्ष बनेका छन् । 
अस्पतालको शनिबार सम्पन्न वार्षिक साधारण सभाले डा. रिजाललाई पुनः अध्यक्ष चयन गरेको हो । उनलाई साधारणसभाले सर्वसम्मत अध्यक्ष बनाएको बताइएको छ । रिजाल अध्यक्ष बनेपनि अन्य पदाधिकारी भने अर्को बैठक बसेर चयन गर्ने अस्पतालले जनाएको छ । 

सात महिनाअघि डा. रिजालको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै विशेष साधारण सभामार्फत राप्रपा नेतासमेत रहेका उद्धब पौडेललाई अध्यक्ष बनाइएको थियो । शनिवारको साधारणसभाले सात महिनायता अस्पताल अनावश्यक विवादमा तानिएको र आशातित सफलता हासिल नभएको भन्दै पदाधिकारीहरु परिवर्तन गरेको हो । 

Last modified on 2017-09-17 08:28:06

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

3 Comments

  1. यदि म गलत छैन भने उद्दव पौडेल फिल्मी लाईनको मान्छे हो ।हस्पिटलमा फिल्म मा जस्तो बिसौँ टेक लिन दिन मिल्दैन। सायद उनले फिल्म लाइनको सुत्र प्रयोग गरे होलान हस्पिटलमा पनि त्यसैले ॐ हस्पिटल उनको कार्यकालमा निकै विवादास्पद हुन पुगे।no chance for rehearsal in hospital . You should give full n final performance in one take and must be excellent as it possible.

  2. अस्पताल सेवा मुखी हुनु पर्छः न कि नाफा मुलक हुनु हुन्न तर नेपालमा भने धेरै जसो अस्पताल नाफा को लागि र सिमित माफिया को स्वार्थ को लागि खोलिएका छन् त्यसकारण सबै नागरिक स्वास्थ्य सेवा प्रति सचेत हुनुपर्छ।

  3. Chor hospital chor doctor.


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts