यस्ता लक्षण देखिए फोक्सोको क्यान्सर हुनसक्छ (भिडियोसहित)



Download our app to get more features

नेपालमा फोक्सोको क्यान्सरबाट वर्षेनी धरैले ज्यान गुमाउने गरेका छन् र यो संख्या हरेक वर्ष बढ्दो छ । फोक्सोको क्यान्सर के हो, कसरी हुन्छ र कसरी बच्ने भन्ने बारेमा क्यान्सर रोग विशेषज्ञ डाक्टर रोशन प्रजापतीले केही सुझाब दिएका छन् ः–
फोक्सो शरीरको महत्वपूर्ण अंग हो । यसले शरीरलाई आवश्यक पर्ने अक्सिजन लिने र अनावश्यक हावा बाहिर फाल्ने काम गर्छ । फोक्सो विना जीवित शरीरको कल्पना समेत गर्न सकिदैन् ।
फोक्सोका कोषिकाहरू अप्राकृतिक वा अनावश्यक रुपमा एकदमै छिटो वृद्धि हुने र अलि समयपछि साह्रो ऐजेरु जस्तो डल्लो भई फोक्सोले आवश्यक मात्रामा काम गर्न छाड्नु नै क्यान्सर हो । लामो समय सही उपचार गरिएन भने यिनै गिर्खा वा मासुको डल्लोले क्यान्सर गराउँछ ।

फोक्सोको क्यान्सर हुने प्रमुख कारण
-    फोक्सोको क्यान्सर हुने प्रमुख कारण भनेकै धुम्रपान हो ।
-    नियमित धुम्रपान गर्ने व्यक्तिको नजिक बस्नु ।
-    प्रदुषित वातवरण ।
-    बढी धूँवाधुलोमा काम गर्नु ।
-    उन बाट्ने, मार्बल, ढुंगा काट्ने, इट्टा भट्टीमा लामो समय काम गर्नु ।

लक्षण
-     श्वास फेर्न गाह्रो हुनु ।
-     लामो समय खोकी लाग्नु । (सुख्खा वा खकारसहित)
-     खकारमा रगत देखिनु ।
-     दम बढ्नु ।
-     तौल घट्नु ।
-     खाना मन नलाग्नु ।
-     घाँटी वरीपरीको भागमा गिर्खा देखिनु ।
-     टाउको दुख्नु ।
-     थकाई बढी लाग्नु वा आलास्य हुनु ।
-     कुनै पनि साधारण समस्या देखिए औषधि सेवन गर्दा पनि छिटो निको नहुुनु ।

कसरी थाहा पाउने
फोक्सोको क्यान्सरका लक्षण र क्षयरोगका लक्षणहरू अधिकांश मिल्दाजुल्दा हुन्छन् । फोक्सोको क्यान्सर अनुमानको भरमा पत्ता लग्दैन् । यो विशेषज्ञद्वारा परीक्षण (एक्स रे, खकारमा क्यान्सर कोषिकाको परीक्षण, बायोप्सी, ब्रोंकोस्कोपी, सिटिस्क्यान) गरेर मात्र थाँहा हुन्छ ।

उपचार पद्धति
हुन त क्यान्सरको सुरुवाती चरणको पत्ता निकै कम मात्रामा हुने गरेको छ । हाम्रो देशको सन्दर्भमा भन्दा अझ कुनै पनि रोगले धेरै सताएपछि वा फैलिइसकेपछि मात्रै उपचार गराउने प्रचलन रहेकाले फोक्सोको क्यान्सरका बिरामी पनि सुरुमै उपचार गर्न कमै मात्र आउँछन् । जुन बेला बिरामी चिकित्सककोमा पुग्छन् । त्यतीखेर क्यान्सर अन्य अंगमा पनि फैलिसकेको  हुन्छ । यसर्थ क्यान्सरको चरण हेरेर प्रायजसोलाई शल्यक्रिया, किमोथेरापी वा रेडियोथेरापीमार्फत उपचार गरिन्छ । कोही कोहीलाई टार्गेटेडथेरापी, इमुनोथेरापी लगायतका विधीको पनि प्रयोग गरिन्छ । बिरामीको शारीरिक अवस्था, क्यान्सरको चरण सबै कुरा हेरेर उपचारमा उपयुक्त विधी अपनाइन्छ । अन्य क्यान्सर जस्तै फोक्सोको क्यान्सर पनि सुरुकै अवस्थामा थाहा पाए निको पार्न सहज हुन्छ भने ढिला भए पूर्ण निको हुन गाह्रो पर्छ ।

बच्ने उपाय 
-     धुम्रपान नगर्ने ।
-     धुम्रपान गर्ने व्यक्तिको नजिक नबस्ने ।
-     संभव भएसम्म प्रदुषित वातवरणबाट बच्ने ।
-     स्वस्थ खानपानमा ध्यान दिने ।
-     बढी धूँलो आउने काम गर्दा विशेष सजकता अपनाउने ।

भिडियो हेर्नुहोस्:

Last modified on 2017-09-16 10:41:02

1 Comments

  1. I am diagonosed as small cell ca. Limited stage. Want an appointment for second opinion


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts