छाला चाउरिनबाट रोक्ने यस्ता छन् उपाय

(भिडियोसहित)



Download our app to get more features

पुष्ट, चहकिलो छाला र सुन्दर शरीर होस् भन्ने सबैको चाहना हुन्छ । तर, छालामा देखिने चाउरिपना लगायत समस्याले यस्तो आकांक्षा अधुरो बन्न पुग्छ । छाला चाउरिने कारण र छालालाई सुन्दर बनाउन यस्तो सुझाब दिन्छन् छाला रोग विशेषज्ञ डाक्टर रुपक घिमिरे ...
उमेर बढेसँगै छाला चाउरिने क्रम पनि बढ्दै थाल्छ । यसलाई भने सामान्य रुपमा पनि लिनुपर्छ । तर, कलिलो उमेरमै छाला चाउरिने समस्या देखियो भने यसको उपचार खोजीतिर लाग्नु पर्छ । पछिल्यो समय किशोर उमेरमै धेरैको छाला चाउरि परेपछि उपचारमा आउने गरेका पनि छन् । केही व्यक्तिमा त किशोर अवस्थामै छाला चाउरिन थालेपछि मानसिक रोगी समेत बनेका छन् । 

छालाको भित्री सतहमा इलास्टिन र कलेजिन नामक फाइबर हुन्छन् । यी फाइबरले छालालाई स्वस्थ र पुष्ट राख्न सहयोग गर्छ । विविध कारणले यी फाइबरको कमी भए छाला कमजोर र लचकदार भएर आफ्नो ठाउँ छोड्न थाल्छ र छाला चाउरिने क्रम बढ्छ । स्वभाविक रुपमै ढल्किदो उमेरसँगै यी फाइबरले आवश्यकता अनुरुपक काम गर्न सक्दैन्न र छाला चाउरिन्छ । 
यसकारण चाउरिन्छ कम उमेरमै छाला 

  •    सूर्यको सिधा प्रकाशमा धेरै समय बस्दा छाला चाउरिन सक्छ । सूर्यको बिकिरण वा अल्ट्राभाइलेट किरण सिधै छालामा पर्दा यसले प्रत्यक्षपरोक्ष हानी पुर्याउँछ । यस्तो किरणले छालालाई चाहिले इलास्टिन र कलेजिन नामक फाइबर घट्छ र छाला चाउरिन्छ । 
  •     धुम्रपान तथा मध्यपानको सेवन । 
  •     वंशाणुगत गुण  ।
  •     प्रदुषित वातरण ।
  •     कम गुणस्तर र छालाको प्रकृति विचार नगरि सौन्दर्य सामग्रीको प्रयोग ।
  •     बढी तौल ।
  •     मधुमेह तथा थाइराइट ।
  •     पानी कम पिउनु ।
  •    तनाव ।

यसरी जोगाउने 

  •     सम्भव भएसम्म सूर्यको किरणबाट जोगिने ।
  •     धुम्रपान तथा मध्यपान नगर्ने । 
  •     पौष्टिक आहार सेवन गर्ने ।
  •     सक्रिय जीवनशैली अपनाउँने ।
  •     छालाको प्रकृति हेरेर विशेषज्ञको सुझाब अनुसार घाममा निस्कदा सधै सन्सक्रिमको प्रयोग गर्ने ।
  •     पछिल्लो समय चाउरिएको छालालाई अस्थायी रुपमा लेजर वा अन्य विधिबाट हटाउन सकिन्छ । 
  •     बुढेसकालमा चाउरिएको छाला तल लत्रिन्छ भने कम उमेरमै चाउरिए पछाडितीर सोरिन्छ । 
  •     उमेर बढेसंगै छाला चाउरिने प्रक्रिया रोक्न निकै कठीन छ । यो स्वभाविक पनि हो । तर, बेलैमा छालाको हेरचाह गर्दा चाउरिपना कम गर्न भने सकिन्छ । 

भिडियो हेर्नुहोस् :   

Last modified on 2017-09-12 10:16:05


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts