हर्रो सेवनः आन्तरिक र बाह्य अंगका लागि फाइदै फाइदा



Download our app to get more features

नेपालको पहाडी क्षेत्रदेखि तराईसम्मै पाइने बहुगुणी जडीबुटी हो हर्रो ।

परम्परागत रुपमा रुघाखोकी, चिसो लागेमा यसको प्रयोग गर्दै आए पनि हर्रो त्यति मात्रै सिमित छैन । यसको प्रयोगले मानव शरीरको बाहिरीदेखि भित्री अंगसम्मलाई फाइदा पुर्याउँछ । नेपालमा मात्रै हर्रो सात प्रकारका पाइन्छन् । हरेक प्रकारका हर्रोले कम्तीमा पनि सातै प्रकारका फाइदा पुर्याउँछन् ।

 जभया : यो प्रकारको हर्रो आँखा रातो हुँदा या दुख्दा प्रयोग गरिन्छ । यसलाई सफा पानीमा दुई–तीन घन्टा भिजाउने र उक्त पानीलाई सफा छानेर आँखा सफा गर्दा चाँडै निको हुन्छ । 
विजया : यो हर्रो सबै प्रकारका रोगको उपचारमा गर्न प्रयोग हुन्छ । यसलाई सफा गरी सेवन गरेमा या चूर्ण बनाएर सेवन गरे राहतको अनुभव हुन्छ । 
अमृता : यसले मानव शरीरमा रोग प्रतिरोधात्मक शक्ति उत्पन्न गर्छ । साथै शरीरका सबै सेलमा अक्सिजन पु¥याउन मद्दत गर्छ ।
चिवन्ती : यसले पनि सबै प्रकारका शारीरिक समस्या समाधान गर्न मद्दत गर्छ ।
चेतना : कब्जियत भएका बेला चेतना हर्वो सेवन गरे पाचन प्रक्रियालाई सहज बनाउँछ । 
रोहेणी : शरीरमा विभिन्न किसिमका घाउ खटिरा आएमा यो प्रजातिको हर्रो सेवन गर्दा या यसको पेष्ट लेपन गर्दा चाँडै निको हुन्छ ।
पुचना :नशा झमझमाउने समस्या भएका मानिसले पुचना प्रजातिको हर्रो सेवन गर्दा राहत मिल्छ । वैज्ञानिक रसायन संरचनाको हिसाबले पुचना हर्वोमा चाबुलेनिग एसिड, चेबुलेनिक एसिड, कोरिलेजिन पाइन्छ । त्यसका साथै हर्रोमा एमाइनो एसिड र ग्लुकोजको मात्रा पनि हुन्छ । 
नेपालमा पाइने जडीबुटी मध्ये हर्रो यस्तो जडीबुटी हो, जसमा ६ किसिमका स्वादमध्ये गुलियो, अमिलो, पिरो, तीतो र टर्राे पाइन्छ । यसमा नुनिलो स्वाद मात्र हुँदैन । त्यसैले हर्वोमा नुन मिसाएर खाँदा भोक नलाग्ने समस्या गायब हुन्छ ।

हर्रोका गुण

  • यसले पाचन प्रक्रियालाई सहज बनाउँछ ।
  • नुनमा चोबेर सेवन गर्दा भोक लगाइदिन्छ ।
  • पाचन सहज बनाइदिँदा कलेजोसम्बन्धी रोगको जोखिम कम हुन्छ ।
  • रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । 
Last modified on 2017-08-23 09:23:12


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts