नेपालमा उत्पादित औषधिको विवरण राखिएको एप ‘निड्स’ बजारमा 



Download our app to get more features

काठमाडौं । नेपाली बजारमा पाइने नेपाली कम्पनीका औषधिहरुको विवरण हेर्न मिल्ने नयाँ मोबाइल एप्लिकेशन ‘निड्स’ बजारमा आएको छ ।

औषधिको जेनेरीक नाम सहित ब्राण्ड, त्यसका विशेषता एवं मूल्य समेत हेर्न सकिने गरी म्याग्नस फर्माले एप निर्माण गरेको हो ।  

‘नेप्लिज इन्डेक्स अफ ड्रग्स’ (एनआएडिएस्) नाम दिइएको एपमा नेपाली बजारमा रहेको कुनै पनि एलोपेथिक औषधिको जेनेरिक तथा ब्राण्ड सम्बन्धि जानकारी पाउन सकिने म्याग्नस फर्माका बजार निर्देशक सुधीर प्रकाश मास्केले बताए  । उनले भने ‘एपलाई छिट्टै आइफोन मार्फत पनि बजारमा ल्याउने तयारी भइरहेको छ ।’

मास्केका अनुसार प्लेस्टोरमा गई 'NIDS' टाइप गरी एप्लिकेशन डाउनलोड गर्न सकिने छ । 


 

Last modified on 2017-08-21 16:42:08

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts