विपन्न नागरिक उपचारको लागि थपिए आठ अस्पताल



Download our app to get more features

काठमाडौं, १ भदौ । विपन्न नागरिकको औषधि उपचारका लागि स्वास्थ्य मन्त्रालयले थप आठ अस्पताललाई सुचीकृत गरेको छ । योसहित अब ६५ वटा अस्पतालबाट विपन्न नागरिकले कडा रोगको निःशुल्क उपचार पाउने छन् । यसअघि ५७ वटा अस्पतालबाट कडा रोगको उपचार हुँदै आएकोमा १ भदौ २०७४ देखि नै थपिएका अस्पतालबाट तोकिएको सुविधा उपलब्ध हुने मन्त्रालयले जनाएको छ । 

थप गरिएका अस्पतालले विशेषगरी होमोडायलासिस सेवा दिनुका साथै सिकलसेल एनिमिया र स्पाइनल इन्जुरीको उपचार पनि हुनेछ । थप गरिएका अस्पताहरूमा धापासीस्थित ग्रिनसिटी अस्पताल, लेकसिटी हस्पिटल एण्ड क्रिटिकल केयर पोखरा, मेची अञ्चल अस्पताल भद्रपुर, पुर्णटुङ बिर्ता सिटी अस्पताल बिर्तामोड, जानकी हेल्थकेयर अस्पताल जनकपुरधाम, ओम साई पाथीभरा भद्रपुर छन् । यसैगरी घोडाघोडी अस्पताल कैलालीमा सिकलसेल एनिमियाको र स्पाइनल इन्जुरी पुनस्र्थापना केन्द्र काभ्रेमा स्पाइनल इन्जुरीको निःशुल्क उपचार हुने स्वास्थ्य सेवा विभाग व्यवस्थापन महासाखाका अधिकृत प्रकाश घिमिरेले बताए ।

अकान्तिबाल अस्पतालमा मुटु, मिर्गौला र डायलासिस् सेवा थप गरिएको छ । यस अघि कान्ति बाल अस्पतालमा क्यान्सरको मात्रै निःशुल्क उपचार हँुदै आएको थियो । मानव अंग प्रत्योरोपण केन्द्र भक्तपुरमा डायलासिस सेवा थियो भने उक्त केन्द्रमा मुटु रोग उपचार सेवा पनि थपिएको छ । 

विपन्न नागरिकलाई उपचार गर्ने अस्पतालहरुो सूचि यस प्रकार रहेको छ । 

Last modified on 2017-09-02 14:03:22

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts