युरिक एसिडबाट बच्ने यस्ता छन् उपाय (भिडियोसहित)



Download our app to get more features

युरिक एसिड भनेको खानामा पाइने एक प्रकारको प्रोटिन हो । यसको असन्तुलनले बाथलगायत रोग लाग्छ । बाथ रोग दुई सय भन्दा बढी प्रकारका छन् । त्यसमध्ये एक हो यूरिक एसिड । यूरिक एसिडबाट जोगिन बाथरोग विशेषज्ञ डा. दीपा शाह यस्तो सुझाब दिन्छिन् :

कारण :
यूरिक एसिड हुने कारण धेरै छन् । तर, मुख्य कारण भनेको शरीरमा प्युरिन नामक प्रोटिन बढी हुनु । प्यूरिनको मात्रा ६ मिलिग्राम प्रतिलिटर भन्दा बढी भयो भने बाथरोग लाग्नसक्छ । तर, यो व्यक्तिको रोग प्रतिरोधात्मक क्षमतामा निर्भर रहन्छ । 

लक्षण : युरिक एसिडको लक्षण चाडै देखा पर्छ । २/४ घण्टाकै अवधिभित्र लक्षण देखिन थाल्छ । समान्य लक्षणहरू यस्ता छन् ।

  • खुट्टाको बुढी औँलाको जोर्नी दुख्ने, सुन्निने, रातो हुने ।
  • शरीरका अन्य जोर्नीहरु दुख्ने ।
  • जोर्नी छेउछाउमा स–साना हड्डीका टुक्रा भेटिने ।
  • शरीर आलास्य हुने, दुख्ने ।

यस्ता खानाले बढाउँछ यूरिक एसिड :
यूरिक एसिड भएका व्यक्तिले प्युरिन बढी भएका खाना खानु  हुँदैन । विशेषगरी निम्न खानामा प्यूरिनको मात्रा बढी हुन्छ ।

  • सेतो काउली 
  • च्याउ
  • रातो मासु, छाला, भुटन, आन्द्रा
  • पलुंगोको साग
  • भटमासबाट बनेका खाना 
  • बियर 

बच्ने उपाय 

  • पानी प्रशस्त पिउने । 
  • स्वस्थ खाना खाने ।
  • सक्रिय जीवनशैली अपनाउने ।
  • कम्तीमा वर्षको एक पटक स्वास्थ्य परीक्षण गराउने ।
  • तनाबबाट मुक्त रहने ।

खानपानमा साबधानी अपनाए यूरिक एसिड सहजै ठीक हुन्छ । तर,  बेलैमा उपचार नगरे हड्डी ड्यामेज पनि हुन सक्छ । जसले सदाको लागि अस्वस्थ हुनु पर्ने अबस्था आउनसक्छ ।

भिडियो हेर्नुस् । 

Last modified on 2017-08-15 18:44:32

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts