स्वास्थ्य मन्त्रालयले छुट्टायो स्थानीय तहलाई १५ अर्ब, यस्ता छन् कार्यक्रम



Download our app to get more features

स्वास्थ्य मन्त्रालयले सात सय ४४ स्थानीय तहका लागि १४ अर्ब ९० करोड बजेट विनियोजन गरेको छ । मन्त्रालयको कुल ३६ अर्ब ६८ करोड १० लाख ९९ हजार बजेट मध्ये स्थानीय तहको लागि १४ अर्ब ९० करोड विनियोजन गरेको नीति तथा योजना समन्वय महाशाखाका अधिकृत राजन अधिकारीले बताए । 

संघ र प्रदेश/जिल्ला स्तरमा रहेको बजेट ३१ अर्ब ७८ करोड मध्ये ९ अर्ब ३१ करोड जिल्ला स्तरमा नै विनियोजन गरिएको छ । सो बजेटबाट जिल्ला जनस्वास्थ्यका कर्मचारीको खर्च र कार्यालय सञ्चालन साथै भवन विभागमार्फत भवन निमार्ण, स्वास्थ्य सेवा अनुगमन तथा गुणस्तर निर्धारण सम्बन्धी कार्यक्रम, अञ्चल तथा क्षेत्रिय अस्पतालबाट सञ्चालन हुने महिला स्वास्थ्य सेवा, प्रसूति सेवा, बालस्वास्थ्य लगायतका जनस्वास्थ्य कार्यक्रममा खर्च गरिने छ । स्थानीय तहमा मन्त्रालयले विभिन्न ९ शीर्षकका कार्यक्रममा बजेट विनियोजन गरेको अधिकारीले बताए । 

स्थानीय तहमा विनियोजन गरिएका कार्यक्रम

१.    प्रशासनिक खर्च (उपभोग तथा संचालन खर्च)

  • जिल्लास्तर र १५ शैया ग्रामिण अस्पताल
  • स्वास्थ्य चौकी, प्रथमिक स्वास्थ्य केन्द्र
  • जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र र आयुर्वेद औषधालयहरू

२. प्राथमिक स्वास्थ्य सेवा कार्यक्रम

  • निःशुल्क सेवाको लागि संस्थाहरूलाई तोकिएको अत्यावश्यक सुचिकृत औषधि खरिद
  • शहरी स्वास्थ्य शहरी स्वास्थ्य केन्द्रको भवन निर्माण, शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र स्थापना र संचालन
  • स्वास्थ्य चौकीस्तरमा स्वास्थ्य संस्थाजन्य फोहरमैला व्यवस्थापन एंव गुणस्तर सुधारमा सहयोग
  • जिल्ला स्तरका अस्पतालहरू र प्राथमिक स्वास्थ्य केन्द्रहरूको सेवा सुदृढीकरण
  • औषधि, खोप, साधन, सामाग्री ढुवानी
  • दुर्गमका निकायहरूमा टेलिमेडिसिन कार्यक्रम 

३. संचालन स्वास्थ्य शिक्षा, सूचना तथा संचार कार्यक्रम

  • स्थानीय छापा, एफएम जस्ता संचार माध्यमबाट स्वास्थ्य सन्देश प्रकाशन, प्रसारण
  • विद्यालयमा स्वास्थ्य प्रबर्धन तथा शिक्षा कार्यक्रम
  • विश्व स्वास्थ्य दिवस र स्वास्थ्य सेवा दिवसहरु मनाउने
  • सामुदायिक स्वास्थ्य प्रर्वधन अभियान

४. प्रजनन स्वास्थ्य तथा महिला स्वास्थ्य कार्यक्रम

  • सुरक्षित मातृत्व सेवा
  • परिवार नियोजन सेवा
  • महिला स्वास्थ्य स्वयं सेविका कार्यक्रम ।

५.    एकीकृत बाल स्वास्थ्य तथा पोषण कार्यक्रम

  • नियमित खोप 
  • भिटामि ए वितरण
  • पोषण कार्यक्रम 
  • समुदायमा आधारित बाल रोग व्यवस्थापन

६.    इपिडिमियोलोजी, औलो, कालाजार नियन्त्रण तथा प्राकृतिक प्रकोप व्यवस्थापन कार्यक्रम

  • हात्तीपाइले रोग निवारण कार्यक्रमको औषधि आम जनस्तरमा वितरण, विश्व औलो दिवस मनाउने
  • औलो तथा कालाजार बिरामीहरूको विभिन्न परीक्षण गर्ने, विषादि छिड्कने
  • महामारीजन्य रोगको द्रूत सूचना प्रवाह गर्ने कार्यक्रमहरु

७.    अपांगता रोकथाम तथा कुष्ठरोग नियन्त्रण कार्यक्रम

  • कुष्ठरोग पत्ता लगाउने, चर्मरोग तथा अपांगता शिवीर सञ्चालन तथा केश नोटिफिकेसन
  • कुष्ठरोग निवारण अभियान 

८.    क्षयरोग नियन्त्रण कार्यक्रम

  • खकार परीक्षण गरि क्षयरोगी पहिल्याउने, पुनः परिक्षण र उपचार गर्ने 
  • कम्युनिटि डट्स कार्यक्रम
  • स्वास्थ्य सेवामा पहुँच नभएको स्थानमा माइक्रोस्कोपिक क्याम्प सञ्चालन

९.    आयुर्वेद सेवा कार्यक्रम

  • प्राथमिक स्वास्थ्य उपचार कार्यक्रम
  • अत्यावश्यक आयुर्वेद औषधि निर्माण तथा खरिद
  • पंचकर्म (पूर्वकर्म) कार्यक्रम
  • विद्यालय आयुर्वेद स्वास्थ्य र योग शिक्षा कार्यक्रम
  • स्थानीय जनतालाई जडिबुटीको परिचयात्मक तथा ग्रामीण औषधि निर्माण कार्यक्रम
Last modified on 2017-08-10 17:34:47

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

2 Comments

  1. It means District Public Health Office will be continued...


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts