
About
स्वास्थ्य सेवा मानवका लागि अत्यावश्यक सेवा हो । स्वास्थ्य सेवा जनस्तरमा सुगम, सुनिश्चित, पारदर्शी एंव सर्वसुलभ ढंगबाट उपलब्ध गराउनु राज्यको कर्तव्य हो । धौलागिरी अञ्चलको बागलुङ जिल्लामा वि.सं. २०१६ सालमा डिस्पेन्सरीको रुपमा यस अस्पतालको सुरुवात गरिएको थियो । पछि २०३३ सालदेखि यो अस्पतालले बागलुङ जिल्ला अस्पतालको रुपमा आफ्नो सेवा सञ्चालन गरेको थियो । आधुनिक एंव परम्परागत स्वास्थ्य उपचार पद्धतीको प्रर्वद्धन र विकास गरि आम नागरिकहरुको शारिरीक एंव मानसिक स्वास्थ्य अभिवृद्धि गर्ने रोगहरुको प्रभावकारी ढंगबाट रोकथाम गर्ने र उपचारको समुचित व्यवस्था मिलाउने, निति निर्माण गर्ने, गैरसरकारी संघसंस्था एंव निजी क्षेत्रको संलग्नता गराई स्वास्थ्यसेवा सम्बन्धी कार्यक्रमहरु कार्यान्वयन, अनुगमन तथा मुल्याङ्कन गरी गराई आमजनताको जिवनस्तरमा सकरात्मक परिर्वतन ल्याउनु स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको उद्देश्य रहेको छ । यसै उद्देश्य अनुरुप स्वास्थ्य सेवालाई विकास र विस्तार गर्ने क्रममा बागलुङ अस्पताललाई स्तरोन्नती गरी २०६७ कार्तिक देखि धौलागिरी अञ्चल अस्पतालको रुपमा स्तरोन्नती गरी विशेषज्ञ सेवाको सुरुवात गरिएको छ । यसबाट यस अस्पतालबाट धौलागिरीका चारवटै जिल्ला पर्वत, म्याग्दी, मुस्ताङ र बागलुङका करिब ६ लाख मानिसहरु लाभान्वीत हुने अपेक्षा छ् ।
- Established Date -
- Phone - 068-520188, 068-520188
- Fax - N/A
- Email - [email protected]
- Website - N/A
Services
Facilities
Recent News (View All)
Recent Videos (View All)
