Asked by Anonymous User

on 14/12/18

मेरो छोरीको गुप्ताङ्गमा अली ठुलो प्वाल रहेछ भनेर मेरी आमा तथा श्रीमतीले भन्नुहुन्छ यसको उपचार को लागि कान्ति बाल अस्पतालमा तथा पोखरामा कुन डाक्टर लाइ देखाउदा ठिक होला ? यस प्रकारको समस्याको उपचार नेपालमा कहा राम्रो हुन्छ ? आवस्यक शुझाबको लागि डाक्टर साहेभहरुलाई हार्दिक अपिल गर्दछु .

Replies to question

Post Reply

प्रश्नको लागि धन्यवाद । तपाइँलाई त्यस्तो भएझै मात्र लागेको पनि हुन सक्छ वा बच्चालाई त्यस्तो समस्यानै भएको पनि हुन सक्छ। पोखरामा हुनुहुन्छ भने पोखराको कुनै अस्पतालमा गएर जेनेरल सर्जनलाई देखाउनुहोला। काठमाडौ आउनुहुन्छ भने कान्ति बाल अस्पतालमा देखाउन सक्नुहुनेछ । अनलाइन मार्फत नै तपाइको समस्याको परामर्श लिन चाहनुहुन्छ भने यो लिन्कमा जानुहोला: https://www.hamrodoctor.com/service/pediatrics

Answered on 15/12/18

Post your Reply

Press Here to type in नेपाली ➤