Asked by Anonymous User ,44 years

on 2/12/18

म लामो समय देखी मनमा बेचैन हुने , राम्रो निन्द्रा नलाग्ने , रोग बाट पिडित छु र मैले चितवन को डाक्टर न्यौपानेको सल्लाह अनुसार औषधि खान थालेको पनि धेरै भै सक्यो. लगभग दुइ वर्षा देखि मलाई रिंगटा लाग्ने , बान्ता हुने चक्कर लाग्ने हुन्छ . मैले कुन डाक्टर संग् उपचार गराउनु पर्ला?

Replies to question

Post Reply

प्रश्नको लागि धन्यवाद । तपाइँको लक्षणहरु सुन्दा कुनै मनोरोग वा एन्जाइटी जस्तो देखिन्छ । एकपटक मनोरोग विशेषज्ञसंग परामर्श लिनुहोला । यस्तो समस्या आफ्नो दैनिक जीवनयापन र व्यवहारमा परिवर्तन ल्याउन सकियो भने सन्चो हुन्छ । कतिपय अवस्थामा औषधि सेवन पनि आवश्यक पर्न सक्छ। हाम्रोडक्टर मार्फत अनलाइन परामर्श लिन यो लिन्कमा जानुहोला: https://www.hamrodoctor.com/service/psychiatry

Answered on 5/12/18

Post your Reply

Press Here to type in नेपाली ➤