Asked by Anonymous User

on 21/10/20

Hello Dr. मलाई धेरै वर्ष देखि टाउको मा एक्कासि अनौठो किसिमको अप्ठ्यारो महसुस हुन्छ जुन बिस्तारै सुरु हुन्छ र 20 देखि 40 सेकेन्ड सम्म अति नै अप्ठ्यारो महसुस हुन्छ सो अवधी मा दुख्ने बेहोस हुने टोलाउने हात काम्ने केही समस्या हुदैन, मात्र त्यही अति अनौठो अप्ठ्यारो महसुस हुन्छ, जुन सुरु भए पछि चरम बिन्दुमा पुगे पछि आफै सब ठिक भएर शरीर सामान्य अवस्था मा पुग्छ । यस्तो किसिमको अप्ठ्यारो महसुस हुदा सब थाहा पाउछु, यस्तो हुदा पनि म सामान्य रुपमै अरु सग कुरा गर्न सक्छु भित्र भित्रै अप्ठ्यारो हुन्छ तर सहन्छु, कहिलेकाही vomit होला जस्तो हुन्छ र मुटुको धड्कन अल्लि बढि हुन्छ ( मुटुको जाच गर्दा सब ठिक छ )। त्यस्तो किसिमको समस्या हुदा केवल त्यही शब्दमा व्यक्त गर्न नसक्ने अनौठो किसिमको अप्ठ्यारो , गाह्रो महसुस हुन्छ। जुन आफै 20 देखि 40 सेकेन्ड मा ठिक हुन्छ । मैले MRI गरेको थिए जसमा (1 calcified granuloma most likely related to neurocysticercosis. 2. left mesial temporal sclerosis. Clinical correlation is suggest ) भेटिएको थियो। र VEEG मा abnormal IEDs left interior temporal देखिएको थियो र Clobazam 5 mg बिहान साझ खान सुरु गरे देखि 4 महिना सम्म समस्या ठिक भयो तर औषधि continue खादा पनि फेरि सोही समस्या सुरु हुन थाल्यो दिनमा 3/4 पटक भन्दा बढी र पछि फेरि एउटा EEG test गर्दा normal आयो फेरि बिचमा doctor को सल्लाह अनुसार Divalproex sodium ER 250 mg खान थाले 27 दिन सम्म फेरि ठिक भयो तर फेरि same समस्या सुरु भयो फेरि भर्खरै एउटा normal EEG test गर्दा report normal आयो तर मेरो समस्या जस्ताको तस्तै छ दिन दिनै सोही किसिमको अपठ्यारो भइ रहेको छ र दुवै औषधि दैनिक खाइ रहेको छु । EEG र blood test normal आएकोले मेरो doctor ले Amitriptyline 10 mg खान भन्नू भएको थियो मैले खाएन दवाइको side effects यति धेरै भएको छ कि tolerate गर्नै नसक्ने भएको छु अब नया औषधि खान नै डर लाग्छ । सायद यो दवाई depression वा mental illness को होला यो दवाइ doctor ले किन दुनु भयो खोइ तर म आफुलाई depression र mental problem भएको महसुस गर्दिन सो त्यो दवाई खाएको छैन । पहिला medicine सुरु नगर्दा VEEG मा report abnormal देखिने र पछि normal EEG गर्दा केही नदेखिने र यदि यो छारे रोग हो भने यति लामो समय सम्म दवाइ खादा पनि किन ठिक नभएको होला ? किन EEG मा केही देखिदैन होला ? यदि औषधि दैनिक खादा पनि समस्या ठिक हुदैन भने औषधि खाई रहनु उपर्युक्त होला ? अब मेरो वास्तविक समस्या छारे हो कि होइन पत्ता लगाउने अरु कुनै तरिका वा जाँच के होला ? मेरो लाई केही सल्लाह अपेक्षा गर्दछु ।

Replies to question

Post Reply

यो antiepileptic drug continue खादा पनि किन होला यो difficulty seizure attack दिन दिनै आउने । यो clobazam 5 mg र Divalproex sodium ER खादा पनि दिन दिनै Seizure attack आएको आइ छ ।

Answered on 22/10/20

ur symptoms and tests points towards seizure disorder(मिर्गी )you must continue antiepileptic for atleast 2-3 years

Answered on 21/10/20

Namaste! Kripaya doctor sanga tapaiko yes samasya bare paramarsha linu hola. Online paramarsha lina ko lagi tala diyiyeko link ma click garnu hola, https://www.hamrodoctor.com/service/psychiatry

Answered on 21/10/20

Post your Reply

Press Here to type in नेपाली ➤