Asked by Anonymous User ,36 years

on 26/9/18

मेरो नाक सानो मै लडेको कारण ले बिस्तारै बांगो हुदै आएको छ त्यो बांगो भएको कारण ले रुघा लागेको बेला नाक को दुवै प्वाल बन्द हुने र स्वास फेर्न गारो हुन्छ. के यो समस्या को केहि दिर्घकालिन समाधान छ ? छ भने के के हुन सक्छन?

Replies to question

Post Reply

प्रश्नको लागि धन्यवाद । यसको कारण लडेर पनि हुन सक्छ, वा कतिपयमा जन्मजात नाकको हड्डी बाङ्गगो हुने समस्या जसलाई Nasal septum deviation भनिन्छ । यसले साह्रै दुख दिएमा, वर्षमा धेरैपटक रुघाखोकी लाग्ने, नाक बन्द भएमा अपरेसन पनि गर्न सकिन्छ । यसको निम्ति एकपटक विस्तृत रुपमा परिक्षण गर्न नाक कान रोग विशेषज्ञलाई भेट्नुहोला। अनलाइन परामर्श मार्फत नाक कान विशेषज्ञसंग सल्लाह लिन यो लिन्कमा जानुहोला । https://www.hamrodoctor.com/service/ear-nose-throat

Answered on 27/9/18

Post your Reply

Press Here to type in नेपाली ➤