Asked by Anonymous User ,29 years

on 14/8/20

भविष्यमा कुनै पनि अप्ठ्यारा परिस्थिति आउन लाग्या छ भने मलाई पहिलेनै नराम्रा सपनाहरू देखिने गर्दछ । के भविष्यमा हुने कुनैपनि अप्ठ्यारा परिस्थितिहरूको बारेमा सपनामा पूर्व सुचना अथवा जानकारी हुन सक्छ ? सपनाको आधारमा केहि मेरो घर परिवारमा केहि हुँदैछ भन्ने कुरा म पहिलेनै आंकलन गरिरहेको हुन्छु अनि त्यहि हुन्छ नै । सपनामा देख्ने कुराको बारेमा जानकारी पिलिज

Replies to question

Post Reply

Sigmund Freud को भनाई लाई लिने हो भने Dreams are 'royal road to unconscious' यस अनुसार तपाईं ले देखने सपना हरु बाट तपाईं को जीवन मा पहिले घटेका घटना अनि हुँदै गरेको घटना हरु को विश्लेषण गर्न सकिन्छ। अर्को रूपमा भन्नु पर्दा तपाईंको सपना लाई बिस्तृतमा कुनै psychiatrist ले बुझ्दै जाने हो भने तपाईं को जीवनका पहिले का भोगाइ तथा अहिलेको समयमा हुँदै गरेका समस्या हरु अनि तपाईंको भित्र भएका अधुरो इच्छा हरु लाई केही हद सम्म विश्लेषण गर्न सकिन्छ।

Answered on 14/8/20

सपना आफ्ना दैनिक जीवनका, दीनचर्याका केहि कुराहरुसंग मिल्ने भएपनि अफ़्ट्यारा स्थितिको ठ्याक्कै पूर्वजानकारी सपनाहरुबाट पाइने कुरा बैज्ञानिक रुपमा प्रमाणित छैन! थप केहि जानकारी अनलाइनमा चिकित्सकसंग सोधेर आफ्नो स्समस्या विस्तृतमा राख्नको लागि यो लिंकमा जानुहोला; https://www.hamrodoctor.com/doctor/dr-devesh-pradhan/

Answered on 14/8/20

Post your Reply

Press Here to type in नेपाली ➤