Asked by Man Prasad Gurung

on 12/8/20

नमस्ते डक्टर, म २९ बर्षीय पुरुष हुँ । जीवन भोगाइमा समय वित्दै गर्दा म भित्रका अनुभवहरुले शारीरिक र मानसिक रुपमा अलग अलग समस्याहरु देखिदै जान थालेको छ । म भित्र दिखिएको समस्याहरु बारे वुदागत रुपमा उल्लेख गर्न चाहान्छु । १, मानिसको अनुहार याद नहुने समस्या । (मैले प्राय म संग भेट्ने व्यक्तिहरुको अनुहार याद गर्न सक्दिन । यसलाई म भोलि भेट्दा जति चिन्छु भने पनि मैले चिन्न सक्दिन । विविहा अघि सम्म मलाइ यी कुराको वास्ता थिएन। तर विवाह पछि यो समस्याले साह्रै सताउन थालेको छ ।) २, सपना र विपनामा अनेक हुने । (मलाइ अध्यात्मिक कुराहरुमा खास गरि तान्त्रिक विद्या प्रति कुनै विश्वास थिएन। तर पछिल्लो समयमा म आफुले गर्ने हर्कतहरु प्रति म आफै अचम्ममा पर्ने गर्छु । खास गरि राति सुत्ने बेला टाउको झुम्म हुने, शरीरको देव्रे कुम र गोडा माथि जोडले मासु फरफराउने, मनमा केहि कुराको पेच पर्यो भने अध्याधिक आत्तिने, बर्बराउने, रुने, बोल्दिन भन्दा पनि पागल झैँ अर्कै नबुझिने भाषा बोल्ने, यो अवस्थामा मैले आफुले आफुलाई सम्हाल्ने सक्दिन । ) ३, Red and Green deficiency. (हालै म Driving license renewal को लागि यातायात जाँदा यो आफुमा समस्या रहेको थाहा पाएँ) ४, घरिघरि पिसाव लाग्ने। (यो समस्या मलाइ २५ बर्षको उमेर देखि नै हुन थालेको हो । प्राय जब म कुनै कामको लागि कम्प्युटरमा बस्छु प्रत्येक २-२ मिनटमा पिसाव लाग्न थाल्छ। यो समस्या मलाइ खास गरि हप्तामा १ वा दुइ पटक हुने गर्छ । यस को अलवा हिडडुल गर्दा पहिले पहिले त्यस्तो हुने भए पनि अहिले बाहिर हिड्दा यो समस्या भएको छैन) मेरो पेसाहरु मध्ये मैले अधिकांस समय विताउने काम इलेक्ट्रिकल र वेब डिजाइनमा हो । यसको अलावा mass sound engineer को रुपमा पनि काम गर्ने गर्छु । मैले माथि उल्लेख गरेका समस्याहरु बारे ब्रिस्तित जानकारी पाउन पाए आभारी हुने थिएँ। धन्यवाद

Replies to question

Post Reply

एकपटक मानसिक रोगको चिकित्सकसंग परामर्श लिएर आफ्नो सबै समस्या विस्तृत रुपमा राख्नुभाए सजिलो हुनेथियो! त्यसको लागि हालको परिक्स्थितिमा अनलाइनमा परामर्श लिनको लागि यो लिंकमा गएर अगाडी आफ्नो समस्या राखेर समाधान र सल्लाह लिन सक्नुहुन्छ! https://www.hamrodoctor.com/consult/mental-health/

Answered on 13/8/20

वुँदाको नम्बर दुईमा उल्लेख गरिएको कुरा पुरालेखिएको छैन । यद्यपि यो के कारणले हुन सक्छ होला? यस बारे सटिक जवाफ चहान्छु ।

Answered on 12/8/20

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters