Asked by sunil thapa ,32 years

on 13/9/18

मेराे महिला साथी उहाँको श्रीमान् सँगै जापानमा कामकाे सिलसिलामा हुनुहुन्छ । हाल उहाँको १ महिनाकाे गर्भवती अवस्थामा हुनु हुन्छ । तल्लाे पेट दुखेर (कहिले काहीँ दुख्ने) अस्पताल मा भिडियो एक्सरे गरि हेर्दा पाठेघरकाे Right Ovary 6 cm जति सुनिएको(soiling) भएकाे रहेछ । के कारणले soiling भएकाे हाे ? र त्यसकाे उपचारकाे लागि अप्रेसन गर्नु पर्छ कि नाई ? अाैषधी वा अप्रेसन गर्दा वच्चालाई केही असर गर्छ कि नाई ? जापनमा स्याहारसुसार गर्ने समस्या हुने हुदा यदि नेपालमा अाएर उपचार गर्दा कहाँ गर्दा ठीक हाेला सहि सल्लाहा काे लागि हार्दिक अनुराेध गर्दछु ।

Replies to question

Post Reply

यसको निम्ति डा. वाल कृष्णले भन्नुभए झैँ भिडियो एक्सरे तथा अन्य के के भएको छ लक्षणहरु आवश्यक पर्छ ! त्यसको निम्ती विस्तृतमा सम्बन्धित महिला र स्त्री रोग विशेसज्ञसंग परामर्श लिन हाम्रो डाक्टरको अनलाइन कन्सल्टेसन मार्फत यो लिंकमा गएर गर्न सक्नुहुन्छ: https://www.hamrodoctor.com/service/obstetrics-and-gynecology

Answered on 14/9/18
Dr. Bal Krishna Shah

Obs & Gynaecology, 10 Years of practice

प्रश्नको लागि धन्यवाद । हजुरकाे श्रमतीकाे USG अर्थात भिडियो एक्स रे रिपोर्ट हेर्न पाए मात्र केही भन्न सकिन्छ हाेला ।

Answered on 13/9/18

Post your Reply

Press Here to type in नेपाली ➤