Asked by Anonymous User ,37 years

on 5/9/18

नमस्कार सर/ म्याडम हाम्रो विवाह भएको ५ वर्ष पुरा भयो तर सान्तान लाभ भएन। बिगतको समय देखि नै कुनै अस्थायी साधन चक्की कुनै पनि केहि पनि सेवन प्रयोग गरेको छैन। केहि उपाय छ कि अन्य धन्यवाद

Replies to question

Post Reply

DR. BAL KRISHNA SHAH ज्यु लाई धेरै धेरै धन्यवाद हजुरको यो परामर्शको लागि हामि यो महिना होला कि होला कि भन्दै निकै समय पार भयो तर भएन त्यसैले अब नजिकको अस्पतालमा गएर जाच नै गर्नु पर्ला पुण धन्यवाद सर।

Answered on 12/9/18
Dr. Bal Krishna Shah

Obs & Gynaecology, 10 Years of practice

प्रश्नमा तपाईहरुकाे उमेर लेखिएको छैन । फेरि तपाईंहरू बिच याैन कतिकाे नियमित छ, उल्लेख गरिएकाे छैन । समान्यतया १ बर्षमा नियमित (हप्ताकाे ३ पटक) याैनसम्पर्क गरेकाे र परिवार नियाेजनकाे साधन प्रयाेग गरेकाे छैन भने ८० प्रतिसत दम्पतीलाई गर्भ रहने हुन्छ र बाकि रहेका दम्पतीहरुकाे पनि ८० प्रतिसतमा गर्भ रहने हुन्छ । अर्थात २ बर्षमा पनि गर्भ नरहने १०० मा केवल ४ हुन्छन् । तपाई यस्ताे ४ दम्पतीमा परेकाे हाे या हाेईन भन्न सकिएन । यदि हाे भने पनि अात्तिनु पर्दैन । नजिककाे स्त्रीरोग तथा प्रसुति बिशेषज्ञलाई भेट्नु हाेला । अहिले निःसन्तान दम्पतीहरुका लागि धेरै नयाँ नयाँ उपचार पद्धति नेपालमा नै रहेकाले सजिलै सन्तान प्राप्त गर्न सक्नु हुन्छ ।

Answered on 7/9/18

प्रश्नको निम्ति धन्यवाद । विवाह भएको ५ वर्षसम्म पनि सन्तान नहुनु श्रीमान वा श्रीमतीमा केही समस्या भएर हुन सक्छ। समस्या को मा छ भनेर दुबैमा विस्तृत जाचहरु: भिडियो एक्स्रे, रगतको जाच, पुरुषको विर्य जाँच आदि आवश्यक पर्छ । कृपया कुनै अस्पतालमा गएर स्त्री रोग विशेषज्ञलाई भेट्नुहोला । अनि त्यसैअनुरुप सल्लाह लिएर गर्नुहोला।

Answered on 7/9/18

Post your Reply

Press Here to type in नेपाली ➤