Asked by Anonymous User

on 29/4/20

कमलपित्त रोग सरुवा हो वा होइन जानकारी पाउ न कृपया ।

Replies to question

Post Reply
Dr. Purushottam Adhikari

Medical Officer, 2 Years of practice

कमलपित्त वा जन्डिस आफैमा रोग हैन । यो कुनै रोगको लक्षण हो । के कारणले जन्डिस भयो त्यो थाहा पाएर यो सरुवा रोग हो कि हैन; उपचार यकिन गर्न सकिन्छ । हेपाटाइटिस जन्डिस वा कमलपित्तको एउटा कारण हो। यदि जन्डिस हेपाटाइटिसको कारण भएको हो भने त्यो सर्न सक्छ अर्को मानिसमा। त्यसैले के कारणले कमलपित्त भएको हो यकिन गर्न जरुरी हुन्छ ।

Answered on 29/4/20

Post your Reply

Press Here to type in नेपाली ➤