Asked by Khushi Rai ,5 years

on 20/3/18

केहि महिना देखि मेरो ढाड दुख्ने समस्या छ . राति सुतेर उठेको बेला पनि देब्रे साईडमा दुखुको हुन्छ म दैनिक कुर्सिमा १० देखि ५ बजे सम्म बस्ने गर्छु कतै नसा त च्यापिएको होइन?

Replies to question

Post Reply

प्रश्नको लागि धन्यवाद । ढाड दुख्ने समस्या धेरै कारणले हुन्छ । मेकानिकल ब्याक पेन एउटा प्रमुख कारण हो । हजुरले भने जस्तै लामो समयसम्म एउटै आसनमा बसिरहदा, उभिरहदा यस्तो समस्या देखिने हुन्छ । कहिलेकाही गह्रौ समान उचाल्दा पछाडीका केही तन्तुहरुमा चोट लागेर पनि यस्तो समस्या देखिने गर्छ । नसा च्यापिएको ढाड दुखाइमा भने त्यो दुखाइ सर्दै तिघ्रा र खुट्टासम्म आउने, खुट्टाका मान्सपेसी कमजोर हुने आदि समस्या देखिन्छ । त्यसै कारणले के कारणले ढाड दुखेको हो त्यो यकिन हुन जरुरी छ । त्यसको निम्ति अस्पताल गएर हाडजोर्नी चिकित्सकसंग सल्लाह लिने र एक्स रे पनि गराउन सकिन्छ । लामो समयसम्मको दुखाइमा एम आर आइ लगायतका अन्य जाचहरुको पनि आवश्यकता पर्न सक्छ । शिघ्र स्वास्थ्यलाभको कामना।

Answered on 20/3/18

Post your Reply

Press Here to type in नेपाली ➤