Asked by uttam karki

on 26/3/20

ओ पोजेटिभ ब्लड ग्रुप को महिला गर्भवती हुदाको अबस्थामा कुनै एक प्रकारको सुइ लगाउनु पर्दछ बनेको सुनेको थिए । अहिले लक डाउनले गर्दा अस्पतालमा सल्लाह गर्न सकिएन कति कुन समय महिनामा लगाउनु पर्ने होला सल्लाह पाउन पाए आभारी हुने थिए ।

Replies to question

Post Reply

चौथो महिनाको सुरु भयो । बच्चा चलेको थाहा हुनु पर्ने हो भनेको सुनेको हो । त्यस्तो आभास भएको छैन । कसै कसैको ४/५ महिना पछि बाट मात्र थाहा हुन्छ रे भनेको पनि सुनेको हो । अस्पतालमा रेस्ट गर्नुस २ हप्ता पछि सम्पर्क मा आउन भन्नू भएको छ । त्यस्तो पनि हुन्छ र ?

Answered on 5/6/20

AB negative blood group तेस्रो हप्ता चलिरहेको छ। पहिलो बच्चा हो । ३१ बर्ष भयो आमाको उमेर । blood group हिजो गलत टिपाएछु । ab negative blood group लाई चाहिँ पहिला डा संग परामर्श गर्न जादा सुइ लागाउने कुरा गर्नु भएको थियो । अहिले ५ दिन जति अगाडि चेक गराएको हो । रिपोर्ट लिन र देखाउन सकिएन । लक डाउनले गर्दा ।

Answered on 27/3/20

Blood group negative भएका महिला हरुमा मुख्यतः गर्भ रहेको २८ हप्ता र बच्चा जन्मेपछी त्यो Anti D immunoglobin दिने गरिन्छ । हजुरले O positive भन्नुभयो । अलि कुरा बुझिएन। फेरि एकपटक प्रष्ट हुनेगरी भनिदिए बुझ्न सजिलो हुन्थ्यो। कति हप्ता भयो गर्भ? पहिलो दोश्रो कुन बच्चा हो भनिदिए सजिलो हुथ्यो। प्रसुतीरोग विशेषज्ञबाट थप अनलाइन परामर्श लिन यो लिन्कमा जानुहोला: https://www.hamrodoctor.com/doctors?service=4

Answered on 26/3/20

Post your Reply

Press Here to type in नेपाली ➤