Asked by makra kunwar

on 14/3/20

मलाई यहि मिति २०७६/११/०६ गते ११०० भोल्टेजको करेन्ट लागेको हो।मैले अछाम,नेपालगंज मेडिकल कलेज र धनगढी माया मेट्रो हस्पिटल गरि ३ हस्पिटलमा चेकजाच गरायको छु।अस्पतालको रिपोर्ट अनुसार केही छैन भनेर भनेको छ।तर राति सुतेको समयमा अोल्टे कोल्टे फर्किदा चसक्क चसक्क गरेर छाति दुख्छ।म पोल बाट झरेको पनि होईन।पोलको माथि नै थिय र तेहि करेन्ट लागेको हो।मैले सबै डक्टरलाई मेरो समस्या बतायको पनि हो।रिपोर्टमा केही छैन भनेर फर्काई दियो।मेरा हातमा करेन्ट लागेर खुट्टाको साप्रामा अर्थ पायर साप्रा जलायर घाउ समेत छ।अहिले सम्म छाति चस्कने ठिक भयको छैन।मलाई के गर्दा ठिक होला।पछि कुनै समस्या त अाउने होईन।भबिस्यमा यस्को असर के हुन्छ।उपचार के गर्दा होला।

Replies to question

Post Reply

हजुरलाई फेरि देखाउन मन भए फिजिसियनलाई देखाउदा हुन्छ । पुरानो सबै रीपोर्ट र कागज लिएर देखाउनुहोला।

Answered on 17/3/20

हजुरले भने जस्तो करेन्ट लागेको भाग वरिपरि झमझमाउने,पोल्ने जस्ता केही लक्षण देखियको छैन।छातिको एक्सरे पनि गरायको हो।केही छैन भनेको छ।चिन्ता लिने र अाफु कम्जोर छु भनेर हिम्मत हारेको पनि छैन।मेरो ठाउमा कोहि अरु भैदियको भय सायद करेन्ट लागेको ठाउबाट बोकेर अस्पताल लैजानु पर्थ्यो होला।मेरो सरिरबाट जलेको गन्ध निकै पछि सम्म अाईरहेको थियो।तर पनि म अाफै अस्पताल गयर उपचार गरायको हु।मलाई निकै ठूलो करेन्ट लागेर केही बेर सम्म हाल्लायको हल्लायई गरेरको थियो। भगवानले मात्र बचायको हो जस्तो लाग्छ।मलाई करेन्ट लाग्नु भन्दा पहिले कुनै सारिरिक समस्या थियन।करेन्ट लागिसके पछि मात्र मेरो छाति दुख्ने समस्या अायको हो।मैले कुनै सिरिरिक ब्यायम गर्दा के हुन्छ।मैले कुन डक्टरलाई देखाउदा ठिक होला।

Answered on 16/3/20

प्रश्नको लागि धन्यवाद । करेन्ट लागेको मानिसहरुलाई केहिमा पछि केही समस्याहरु देखिन्छ भन्नु ठिकै हो। तर हजुरले के बुझ्नुपर्छ भने त्यो समस्या सबैलाई देखिने हैन । केहिमा करेन्ट लागेको ठाउमा वा वरिपरि झमझमाउने, दुख्ने आदि हुन सक्छ । केहिमा मनोबैज्ञानिक असरहरु जस्तै चिन्ता, तनाब आदि देखिइरहन सक्छ । तर यी समस्या सबैमा हैन, थोरैमा देखिने हुन। करेन्टले क्षति गराउने करेन्ट लागेको भाग र करेन्ट बाहिर निस्कने भाग हो, त्यो तपाइको हात र साप्रामा भन्नुभयो । मुटु, दिमागमा नि असर देखिन सक्छ तर त्यसको असर तुरुन्तै देखिन्छ नकि पछि लामो समय पछि देखिदैन। र जहाँसम्म हजुरले भनेजस्तो सुतेको बेलामा वा कोल्टे फर्किदा छाती चस्किने कुरा छ त्यो करेन्टको कारण नहुन सक्छ । छातीको एक्स्रे लगायत अरु जाँच गराइसक्नु भयो होला। त्यो नर्मल आएको अवस्थामा धेरै आत्तिनुपर्ने समस्या नहोला झै लाग्छ ।धन्यवाद

Answered on 16/3/20

मैले हजुरलाई सोध्न खोजेको खास कारण के हो भन्दा करेन्ट लागेको मान्छेलाई अहिले सामान्य जस्तो देखिय पनि भोलि भबिष्यमा अन्य असर देखिन्छ।पछि ठूलो समस्या पनि अाउन सक्छ भनेर सुनेको छु।के अहिले भन्दा भबिस्यमा कुनै समस्या त अाउने होईन ? भोलिका दिनमा के कस्ता समस्या अाउछन।के के असर देखिन्छ।करेन्टले सरिरको कुन कुन अंगमा बढि क्षति गराउछ।के मलाई भबिस्यामा समस्या त अाउने होई।हजुरले स्पष्ट पारि दिय अाभारि हुने थिय।

Answered on 15/3/20

छाती चस्किने कारण अरु नै पनि हुन सक्छ । तपाइँको सबै रीपोर्ट र जाँच नगरी हामीले यत्तिकै भन्न सकिन्न । तएअ यदि चिकित्सकले सबै जाँच र परिक्षण गरेर केही छैन, सबै ठिकै छ भन्नुभएको भए खासै आत्तिनुपर्ने नहोला। तीन ठाउमा जाँच गराउनुभएको भन्नुभएको छ, केही ठुलै समस्या भए पक्कै पत्ता लागिहाल्थ्यो । त्यसैले धेरै चिन्ता नलिइकन आराम गर्नुहोला। साह्रै गाह्रो भयो वा समस्या लामो समयसम्म पनि ठिक नभएमा एकपटक काठमान्डौ आएर थप जाँच र परिक्षण गर्न सक्नुहुन्छ । धन्यवाद

Answered on 14/3/20

Post your Reply

Press Here to type in नेपाली ➤