Asked by Nabin Awasthi

on 3/2/20

नमस्ते, मेराे वाइफका दुइवटै खुट्टा दुखेका हुन्छन ।अहिले उनकाे उमेर २२ बर्षकाे भयाे। पहिला एक चाेटी चेकअप गराएकाे एक खासै केही देखीएन । तिन महिनाकाे लागी अाैसधी दिएकाे थियाे । फरक भने अाैसधी खादा थाेरै कम भएकाे जस्ताे महसुस हुने । पछि अाैसधी सकीयाे अनी अाैसधी खान छाेडे । जस्ताे अाैसधी खादा दुख्थाे अहिलेनि त्यस्तै दुखेका हुन्छन । धेरै बेर पलेटी कसेर बस्याे भने उठनै गाराे हुन्छ । याे के समस्या हाेला । समाधान के हुन सक्छ ।

Replies to question

Post Reply
Dr. Ghanshyam Kharel

Neurology (MBBS, MD, DM), 14 Years of practice

तपाइको प्रश्न पुर्ण छैन । खुट्टा को कुन भाग दुख्छ? दुबै खुट्टा दुख्ने हो कि एउटा मात्रै? एकै नासले दुख्ने हो कि कहिले काहीं ? के गर्दा दुख्छ? खुट्टा दुखाइका कारण धेरै हुन्छन।यदि थाइरोइड तथा भिटामिन D को कमि छैन भने पहिले Ortho (हाडजोर्ने) र तेस पछि न्युरोलोजिस्ट लाई देखाउनु होस।

Answered on 18/3/20
Dr. Saroj Kumar Suwal

Orthopedics Surgeon, 10 Years of practice

blood check garum. vitamin d ko level herum

Answered on 26/2/20

खुट्टाको कुन भाग दुख्ने हो? घोडा दुख्ने हो भने कैलेकही हड्डी खिईइने समस्याले हुन सक्छ । त्यसैले पलेटी मारेर नबस्ने र उकालो उरालो कम हिड्ने गर्नपर्छ । दूध दहि र क्याल्सियमयुक्त खानेकुरा खानुहोला। थप जाचको निम्ति एकपटक अस्पताल गएर हाडजोर्नी चिकित्सकलाई देखाउनुहोला। हाम्रोडक्टर मार्फत हाडजोर्नी चिकित्सकसंग अनलाइन परामर्श गर्न यो लिन्कमा जानुहोला: https://www.hamrodoctor.com/service/orthopedic

Answered on 4/2/20

Post your Reply

Press Here to type in नेपाली ➤