Asked by Anonymous User ,4 years

on 18/11/19

सर नमस्कार , मेरो काँन मा समस्या थियो , आज भन्दा १०/१२ वर्ष अगि मा कान को चेक गर्न काठमाडौँ गको थिए डाक्टर साब ले मेरो कान को जाली मा प्वाल परेको छ एसको लागि ओपेरसन् गर्नु पर्छ भन्नु भयो सोहि अनुरुप मैले बाया कान को अपरेशन गरे केहि वर्ष त ठिकै भयो तर सोचे अनुरुप भएन तर अहिले बिगत एक महिना बाट भित्र पाकेको जस्तो लागिराछ सुन्नमा पनि अफ्ट्यारो भैराच एसको समाधान कसरि हुन्छ कि यो मेरो रोग समाधान हुदैन कहिले पनि यो कुरा मा धेरै वर्ष देखि तनाब मा छु कृपया एसको समाधान को उपाए भनिदिनु होला मेरो कान को समस्या समाधान गर्नु भयो वने जिन्दगीवर तपाई को सम्मान गर्ने छु भगवान मानेर ...

Replies to question

Post Reply
Dr. Jayendra Pradhananga

Senior Medical Officer, 10 Years of practice

कानको जालीमा प्वाल परेको र साे प्वाल ताल्न myringoplasty शल्यक्रिया गरिन्छ। १० - २० % शल्यक्रिया गरिएका विरामी हरूमा जालि नलाग्ने सम्भावना पनि हुन्छ र फेरि कान पाक्ने समस्या दाेहरिन सक्छ। www.facebook.com/ENTshankhamul

Answered on 19/11/19

प्रश्नको लागि धन्यवाद । कानको कस्तो खालको अपरेसन गरेको हो कागजपत्रहरु हेर्न पाए सजिलो हुन्थ्यो । ऐले एकपटक कानको परिक्षण पनि गरेर जालीको अवस्था के छ हेर्नुपर्ने हुन्छ । पहिले अपरेसन गरेको अस्पतालमा नै एकपटक फलो अपमा जादा उचित हुन्थ्यो कि । कानमा पानी भने नपार्नुहोला र सफा राख्नुहोला। हाम्रोडक्टर मार्फत कानरोग विशेषज्ञसंग थप परामर्श र पहिलेको रीपोर्ट देखाउनको निम्ति यो लिन्कमा जानुहोला: https://www.hamrodoctor.com/service/ear-nose-throat

Answered on 19/11/19

Post your Reply

Press Here to type in नेपाली ➤