Asked by Anonymous User ,30 years

on 28/10/19

मेरो छोरा १५ महिनाको भयो, अस्ती ८ दिन अघितिर साधारण रुघाखोकी लागेको थियो अनि ४ दिन अघि शुक्रवार निको भएको भएर शुक्रवार दिउँसो नुहाइदिएको थिए त्यसपछि दुध खाएर सुताउन लाग्दा वान्ता गर्यो त्यसपछि क्रमबद्ध १० -१५ मिनेट को अन्तरालमा वान्ता गरिराखेको थियो अनि म आत्तिएर बाबुलाई नजिकैको अस्पताल लगे त्यसपछि डाक्टरले बाबुको लागि वान्ता नहुने औषधि "ONDEM SYRUP" 2.5 ml ko दरले दिनमा 3 पटक खुवाउनु भन्नुभयो, त्यसपछि औषधि खुवाए तर साँझ फेरि वान्ता गर्यो अनि फेरि त्यो औषधि खुवाए ३० मिनेट पछि दाल खुवाएर सुताए तर राति १ बजे उठेर पुनः वान्ता गर्यो अनि रातिनै कान्ति बाल अस्पताल लगे र बाबुलाई डाक्टर माझ देखाए त्यसपछि डाक्टरले त्यही "ONDEM SYRUP" औषधि मात्रा बढाएर 3.5 ml गरेर खुवाउनु अनि फेरि वान्ता गर्यो भने फेरि एकचोटि खुवाउनु अनि त्यसपछी पनि भएन भने सिरिन्ज बाट औषधि दिनु पर्छ भन्नु भयो र मैले त्यसै अनुरूप बाबुलाई मात्रा बढाएर औषधि खुवाएँ र बाबुलाई वान्ता बनी गरेन अनि डाक्टर ले वान्ता नगरेको भए घर लाँदा हुन्छ भन्नु भयो। त्यस दिन दिउँसो वान्ता गरेन बाबुले अनि खानामा पनि रुचिनै गरेन अलि अलि चै खान्थ्यो र शनिबार साँझ चै २ घण्टाको फरकमा बाबुले २ पटक एकदम पातलो पहेंलो दिशा गर्यो त्यसपछि हल्का जीवनजल पानी र मेरो दूध खुवाएर सुताए तर हिजो देखि बाबुले हरियो हरियो पातलो दिशा गरेको छ २ पटक बिहान र बेलुका गरेर अनि खान पनि केही खान मन गर्दैन बल्ल बल्ल खुवाउनुपर्छ अलि अलि, तिहार को बिदा पारेर अस्पताल मा पनि डाक्टर आउनु भाको छैन । आकस्मिक कक्षमा लाग्दा डाक्टरले बाबु तगडा नै छ भर्ना गर्नु पर्दैन भन्नुहुन्छ अनि बिदा परेकोले ओ. पि. डि. वार्ड पनि बन्द छ, के गर्ने होला? मेरो प्रश्न:- यो हरियो दिशा हुनुको कारण के होला, खाना खान पनि मन नै गर्दैन ।अनि माथिको सबै कुरा हेर्दा मेरो बाबुलाई के भएको हुनसक्छ र के औषधि खुवाउँदा मेरो छोरा निको हुन सक्छ कृपया भनिदिनुस्?

Replies to question

Post Reply

वान्ता धेरै चोटि गरेको र दिशा पातलो गरेको हुनाले रगत त दिशा जाँच गरेर हेर्न सकिन्छ । यदि रीपोर्ट नर्मल आएमा खासै आत्तिनु पर्दैन। सानो बच्चाहरुले मुखमा फोहोर कुरा हाल्ने, औला चुस्ने आदि कारणले संक्रमण हुन जाने र वान्ता, पातलो दिशा हुने गर्न सक्छ । त्यसको लागि यकिन कारण थाहा पाउन माथी भनेको जाँच गर्नुपर्ने हुन्छ । तारान्तार वान्ता वा पखाला गरेमा, केही नखाएमा नजिकैको अस्पतालमा लगेर तुरुन्त चिकित्सकलाई देखाउनुहोला। धन्यवाद

Answered on 28/10/19

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters

Asked by Anonymous User

16 hours, 46 minutes ago

white patch’s in baby body

Asked by Anonymous User

16 hours, 46 minutes ago

white patch’s in baby body