Asked by Anonymous User

on 11/10/19

म ३८ बर्षको भए । मलाई प्राय एलर्जिको समस्या छ । जसले गर्दा बारम्बार रुघा लागि रहन्छ । नाक बन्द भैरहन्छ । अहिले पनि सरदर एक महिना भयो रुघा लाग्ने, नाक बन्द हुने र श्वास फेर्न गार्हो भैरहेको छ । र बिगत ५-७ दिन देखि सुख्खा खोकिले पनि सताईरहेको छ । खोकी दिन दिनै बढिरहेको छ । खोकिले गर्दा रातभरी सुत्नै सकेको छैन । मैले कहाँ कुन डाक्टर सग चेक अप गर्दा ठिक होला । यसको दिर्घकालिन समाधान कसरी होला । जानकारी दिनुहोला ।

Replies to question

Post Reply
Dr. Jayendra Pradhananga

Senior Medical Officer, 10 Years of practice

Avoiding allergens (things triggering allergy) is the long term solution. Medications might decrease your sypmtoms. Try avoiding dust & smoke, use mask.

Answered on 12/10/19

प्रश्नको लागि धन्यवाद । एलर्जी भएको भन्नुभयो, के कुराको एलर्जी भएको यकिन गर्नुभयो कि नाइ? एलर्जीको स्थाइ समाधान भनेको जे कुराबाट एलर्जी हुन्छ त्यसबाट टाढा बस्ने हो। यो औषधि खाएर पुरै सन्चो हुदैन । सकेसम्म आफुलाइ एलर्जी गराउने कुरा थाहा पाएर त्योबाट टाढा बस्नुपर्छ । साह्रै भएमा औसधि खान सकिन्छ तर त्यसले खाउन्जेल मात्र काम गर्छ । अस्पतालमा गएर नाक कान घाँटी विशेषज्ञलाई देखाउन सक्नुहुन्छ । हाम्रोडक्टर मार्फत नाक कान घाँटी रोग विशेषज्ञसंग अनलाइन परामर्शको निम्ति यो लिन्क्म जानुहोला: https://www.hamrodoctor.com/service/ear-nose-throat

Answered on 12/10/19

ok thank you hajur. kun hospitalma hunuhunxa uha ?

Answered on 11/10/19

exact same problem same period of time .malai yastai vairathio lastma aera bronchitis vayo fast gaihalnus hospital navae pchi pashchatap hola. dr subodh sagar dhakal .

Answered on 11/10/19

Post your Reply

Press Here to type in नेपाली ➤