Asked by Anonymous User

on 30/8/19

डाक्टर साब कपरटी कति उमेर सम्म र सुगरको बिरामीले पनि प्रयोग गर्न मिल्छ?

Replies to question

Post Reply

प्रश्नको लागि धन्यवाद । कपर टी प्रयोगको त्यस्तो उमेर हद छैन । जुनसुकै समय प्रयोग गर्न सकिन्छ । मधुमेह हुदा कपर टी राख्नै नहुने भन्ने त हैन तर सुगरको मात्रा, औसधिबाट नियन्त्रणमा छ कि नाइ, सुगरसंगै उच्च रक्तचाप तथा अन्य मुटुरोग, PID भनिने पाठेघर र पिसाबनलिको इन्फेक्सन आदि कुराहरूमा भर पर्छ । एकपटक प्रसुती रोग विशेषज्ञको सल्लाह लिन सक्नुहुन्छ । प्रसुतीरोग विशेषज्ञसंग अनलाइन परामर्शको निम्ति यो लिन्कमा जानुहोला: https://www.hamrodoctor.com/service/obstetrics-and-gynecology

Answered on 1/9/19

Post your Reply

Press Here to type in नेपाली ➤