Asked by Anonymous User

on 31/5/18

नमस्कार हाल म बिदेशमा छु मेरो जिउको छाला भित्र बिगत पाँच बर्ष देखि स- साना गिर्खा लगभग बीस वटा जति पेटमा हातमा कम्मरमा हल्का नदुख्ने गाठाहरु छ्न र म नेपाल आउदै छु र गुगलमा सर्च गर्दा angiolipoma भन्ने थाहा भयो angiolipoma भनेको केहो यस्को कारण बारे सम्पुर्ण कृपया बताई दिनु होला र नेपालमा कुन हस्पिटलमा येस्को उपचार हुन्छ र के सम्बन्धि डाक्टरलाई जचाउने होला कृपया येस बारे नि जानकरी पाउ

Replies to question

Post Reply

सर्जरीको डाक्टरलाई देखाउनुहोला।

Answered on 1/6/18

हस धन्यवाद हजुरलाई तर के सम्बन्धि विशेषज्ञ डाक्टरलाई देखाउने यो कुरा जान्न खोजेको हजुर कृपया !!!!!!!!

Answered on 1/6/18

Lipoma भनेको बोसोको डल्ला हो । Angiolipoma एक किसिमको Lipoma हो जुन शरिरमा रगतको नशा र बोसोले बनेको हुन्छ र ठिक छाला मुनि हुने गर्छ । यो खालको Lipoma दुख्ने गर्छ भने अरु चाहिँ नदुख्ने हुन्छन । थप कुरा जाच गरेर यकिन भएसी मात्र भन्न सकिन्छ ।

Answered on 31/5/18

प्रश्नको निम्ति धन्यवाद । पहिलेसुरुमा हजुरको समस्या Angiolipoma नै हो कि नै भनेर यकिन गर्नुपर्ने हुन्छ । त्यो एकपटक हेरेर छामेर मात्र थाहा पाउन सकिन्छ । यस्ता गाठाहरु कैलेकही साधारण lipoma पनि हुन सक्छन । त्यसैले सुरुमा जाँच गर्न जरुरी छ । नेपाल आउनुभएसी काठमान्डौ कुनै पनि अस्पतालमा सर्जरीको डाक्टरलाई देखाएर त्यसैअनुसार उपचार गर्नुहोला।

Answered on 31/5/18

Post your Reply

Press Here to type in नेपाली ➤