Asked by Rajendra Prasad Kushwaha

on 30/5/18

mero body ma triglycerides bhanne auta चिज ko quantity bade ko xa normally <150 hunu parxa tara mero 411 puge ko xa heart attack and stroke ko problem huna sakxa bhanxans. Need suggestions.

Replies to question

Post Reply

प्रश्नको निम्ति धन्यवाद। हजुरको Triglycerides बढेको भन्नुभयो। ४११ भनेको धेरै नै मात्रा हो । यसलाई घटाउनको निम्ति औसधिको प्रयोग गर्नपर्छ । साथसाथै आफ्नो तौल बढी छ भने तौल घटाउनुहोला। त्यसको निम्ति दिनको ३० मिनट शारिरिक व्यायाम गर्नुहोला। खानामा चिल्लो र तेलको मात्रा कम गर्नुहोला र साथसाथै कार्बोहाइड्रेटयुक्त खानेकुरा कम खानुहोला। त्यो बोसोको मात्रा घटाउन एकपटक नजिकैको अस्पतालमा चिकित्सकलाई देखाएर त्यसै अनुसार औसधि सेवन गर्नुहोला। यसलाई ध्यान नदिए हजुरले भनेजस्तै हर्ट एट्याक, स्ट्रोक आदि हुन सक्छ । शिघ्र स्वास्थ्य लाभको कामना।

Answered on 31/5/18

Post your Reply

Press Here to type in नेपाली ➤