Asked by Anonymous User

on 2/8/19

म ४३ वर्ष को भएँ। मेरो बेला बेला मा टाउको आँखा दुख्ने र vomit आउने जस्तो हुन्छ। यो कुनै रोग लागेको सङ्केत हो?? Physician OR Eye को Doctor कसलाई देखाउँदा राम्रो हुन्छ?

Replies to question

Post Reply
Dr. Purushottam Adhikari

Medical Officer, 2 Years of practice

टाउको दुख्ने र वान्ता हुने कारण धेरै हुन्छन । कस्तो खालको टाउको दुखाइ छ, कतापटी दुख्छ, के गर्दा बढी हुन्छ आदि धेरै कुराले फरक पार्छ । एकपटक नजिकैको अस्पतालमा गएर देखाउनुहोला। त्यसपछि समस्या अनुसार डाक्टरले संबंधित चिकित्सकलाई रिफर गर्नेछन ।

Answered on 3/8/19
Dr. Subodh Dahal

Psychiatry and Mental Health , 5 Years of practice

माईग्रेनको लक्षण जस्तो छ; अन्य जॉच पनि आवश्यक हुन्छ। तेसैले एक पटक नशा वा मानसीक रोग बिषेशज्ञ (Neurologist/ Psychiatrist) लाई भेटि परामर्ष लिनुहोला। अॉखा पनि जचाऊंनु पर्छ। तपाईंको दुविधा हट्यो भन्ने आशा छ। शीघ्र स्वास्थ्य लाभको कामना।

Answered on 2/8/19

Post your Reply

Press Here to type in नेपाली ➤