Asked by Mohan Kshetri

on 27/7/19

मैले हेपाटाइटिस सि को (peginterferon alfa 2 a र ribavirin200 mg बाट) २४ हप्ता उपचार गरेपछि फेरि दोहरिएकोले पुनः१२ हप्ता( hepcinat, natdac60, riba200 mg) अौषधि सेवन गरेपछि quantitative pcr मा undetermined आयो।fibroscan मा १०.५ देखिन्छ हाल कुनै उपचार गरेको छैन तर सुगर र प्रेसरको अौषधि खाईरहेको छु। कलेजोको थप उपचार आवस्यक छ वा छैन जानकारीको लागि अनुरोध गरेको छु।

Replies to question

Post Reply

प्रश्नको लागि धन्यवाद । तपाइँले लामो सम्य औसधि खाएर फेरि समस्या दोहिरिएको रहेछ।अहिलेको स्थिति के छ भनेर जाँच गरेर मात्र यकिन भन्न सकिन्छ । त्यसको लागि कलेजो तोग विशेषज्ञको सल्लाह लिन जरुरी हुन्छ । हाम्रोडक्टर मार्फत कलेजो रोग विशेषज्ञसंग परामर्श लिन यो लिन्कमा जानुहोला। तपाईंले आफ्नो पुरानो रिपोर्टहरु पनि राख्न सक्नुहुन्छ। https://www.hamrodoctor.com/consult/dr-subash-bhattarai

Answered on 28/7/19

Post your Reply

Press Here to type in नेपाली ➤