Asked by Anonymous User

on 24/7/19

नमस्कार, म ३५ वर्षीय शिक्षक तथा गृहिणी महिला हो । विगत केही वर्ष देखि मेरो टाउकोको देब्रे भागमा बेस्सरी तन्काएको जस्तो गरि चर्चराउँछ । हात पनि झम्झमाउँछ र मुटुमा पनि गाह्रो भएको जस्तो हुन्छ । कुनै नराम्रो खबर सुन्यो वा देख्यो भने त झन् आत्तिएको जस्तो झन् गाह्रो भएजस्तो हुन्छ । डाक्टरलाई देखाएर डिप्रेसनको अौषधी पनि खाएँ । खाँदा ठीक भएको हो कि जस्तो पनि हुन्छ तर पछि फेरि त्यस्तै हुन्छ? अब कहाँ कसलाई जचाउनु उपयुक्त हुन्छ होला?

Replies to question

Post Reply

Thank you for your recomendation.

Answered on 24/7/19
Dr. Subodh Dahal

Psychiatry and Mental Health , 5 Years of practice

तपाईँलाई भएको लक्षणहरूको आधार अनुसार Stress and Anxiety Related Disorder को समस्या हुनसक्छ। यो डिप्रेसन भन्दा फरक रोग हो। कहीलेकाहीं थायरायड को गडबडी, केही भिटामिन र रगतको कमी ले पनि यस्कता लक्षण देखिन सक्छन।डाक्टरको निगरानीमा ६ देखी ९ महिना नबिराई औषधी खाएमा यो पुर्ण निर्मुल हुनसक्छ। एक पटक मनोचिकीत्सक (Psychiatrist) लाई भेटी परामर्श लिनुभए अझ बिस्त्रीत थाहा हुन सक्छ। आशा छ तपाईँको प्रश्न को समाधान मिल्यो भन्ने। धन्यवाद।

Answered on 24/7/19

Post your Reply

Press Here to type in नेपाली ➤