Asked by Anonymous User

on 20/7/19

डा. साव नमस्कार म ३५ वर्षिय विवाहित पुरूष हु । अफिसमा काम गर्छु । मलाई खाना नपच्ने, पटक पटक दिशा लाग्ने, अाउ पर्ने तथा कब्जियतकाे समस्या भईरहन्छ । शरिरकाे ताैल र व्लड प्रेसर पनि सामान्य भन्दा केही कम नै हुने गर्दछ । खानपानमा ध्यान दिई, उपचार गरि अाैषधि सेवन गर्दा पनि सुधार भएन । उपचार गराउदा कलेजाेले राम्राे सँग पचाउन नसकेकाे भनी उपचारमा सम्लग्न डाक्टरले भन्नू भाथ्याे । मैले धुम्रपान, मध्यपान गर्दिन । पिसाव पनि क्लियर नभई पटक पटक लाग्छ । प्राेस्टेट जाँच गराउदा प्रास्टेट नभएकाे जानकारी भयाे तर समस्या यथावत छ । कहिलेकाही निद्रा नपर्ने समस्या पनि हुन्छ । के कारणले दिशा पिसावमा समस्या भयाे यहाहरूवाट उचित उपचार सल्लाहकाे अपेक्षा गर्दछु ।

Replies to question

Post Reply

प्रश्नको लागि धन्यवाद । नपच्ने, आउ जस्तो पर्ने समस्या आन्द्रा, पेट वा कलेजोको समस्याले देखिने गर्छ । दिशा जाँच र कलेजोको केही जाँच गरेपछी के मा समस्या भएको हो यकिन गर्न सकिन्छ । हजुरले गरिसक्नुभएको भए रिपोर्ट के थियो हेर्नपर्ने हुन्छ । पिसाब र यो समस्या फरक कारणले हुन्छ । कहिलेकाही पिसाबको इन्फेक्सन, सरसफाइको कमी आदिले पनि हुन सक्छ। एकपटक पिसाबको जाँच र कल्चर नि गराउनुहोला। पानी प्रसस्त पिउनुहोला, सागपात धेरै खानुहोला, चिल्लो मासु, मसला हालेको खाना र बाहिरको फास्ट्फुड कम गर्नुहोला। हाम्रोडक्टर मार्फत पेटरोग विशेषज्ञसंग आफ्नो पुरानो रिपोर्टहरुको साथ अनलाइन परामर्श लिन चाहानुहुन्छ भने यो लिन्कम जानुहोला: https://www.hamrodoctor.com/service/gastroenterologist

Answered on 21/7/19

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters

Asked by Anonymous User

1 day ago

white patch’s in baby body

Asked by Anonymous User

1 day ago

white patch’s in baby body