Asked by Ram k Tamang ,45 years

on 19/5/18

नमस्कार मेरो प्रश्न जनरल सर्जरी सम्बन्धी छ। मेरो बिगद ४/५ वर्ष देखि लिंग को टाउको छोप्ने छाला चिरा पर्छ र पछाडी फर्काएर सफा गर्न मिल्दैन ३वर्ष अगाडि वीर अस्पतालमा देखाएको औषधी खायो निको पनि हुन्छ तर फेरि २/३वर्षको अन्तरालमा फेरी बल्झिन्छ। म त्यस्तो कुनै कुलतमा लागेको छैन त्यसैले सोद न चाहन्छु हाम्रो नेपालमा मुस्लिम समुदाय मा जस्तो लिंगको टाउको छोप्ने छाला काटेर फ्याक्ने काम कुन अस्पतालमा गरिन्छ र खर्च कति लाग्छ ?जस्तै मुस्लिम देशमा लिंगको टाउको छोप्ने छाला काट्ने विधि नै छ।मलेसिया,साउदी,आदि

Replies to question

Post Reply

प्रश्नको लागि धन्यवाद । सुरुमा तपाइँको रोग त्यस्तो अपरेसन गर्न पर्ने खालको छ कि छैन यकिन गर्नपर्छ । छाला नफर्किने समस्या भए छाला काटेर गरिने त्यो अपरेसनलाई circumcision भनिन्छ । नेपालका प्राय ठुला अस्पतालमा त्यो अपरेसन गरिन्छ । सर्जरी सेवा भएको अञ्चल अस्पताल वा काठमान्डौका वीर, टिचिङ लगायतका अस्पतालमा त्यो अपरेसनको त्यही १०-१५ हजारसम्म पर्छ होला । पहिले एकपटक सर्जनलाइ आफ्नो समस्या देखाउनुहोस र उहाको सल्लाहमा थप उपचार गर्नुहोला। शिघ्र स्वास्थलाभको कामना।

Answered on 19/5/18

Post your Reply

Press Here to type in नेपाली ➤