Asked by Pawan Jung Khadka ,38 years

on 12/6/19

नमस्कार मेरो उमेर ३४ बर्ष भयो उचाई 167 cm र तौल 75 kg छ । समग्रमा भन्ने हो भने आज सम्म मलाई स्वस्थ्यमा त्यस्तो खासै केही समस्या छैन । म दैनिक बिहान 1 घन्टा 30 मि. हिड्ने गर्दछु जस मध्य अन्दाजी 1.5 km 15 मिनेट चाहिँ कुद्ने गर्दछु । दैनिक रुपमा 2500 ml हल्का मन तातो पानी र लगभग 11 बजे 250 ml ग्रीन टी पनि पिउने गर्दछु तथापि मलाई कब्जियतको समश्या छ । धेरै डाक्टर र अन्य जनकारहरु संग परामर्श गर्दा माथी उल्लेखित व्यबहार अपनाउनाले कब्जियत हुँदैन भन्छन तर पनि म यसको समस्याबाट छुटकारा पाउन सकेको छैन । कृपय उपयुक्त सुझाव र सल्लाह पाए आभारी हुने थिएँ ।

Replies to question

Post Reply

हजुर स्वास्थ्यको लागि धेरै सजग हुनुहुदोरैछ । तयसको लागि धन्यवाद र बधाई । कब्जियतको निम्ति मुख बार्नुपर्ने भनेको प्रसस्त पानी पिउने, सागपात र रेसादार खानेकुरा खाने र चिल्लो, जन्क फुड र माछामासु कम खाने गर्नु राम्रो हुन्छ । यति गर्दा पनि ठिक भएन वा लामो समय कब्जियत देखियो ब्जने थाइराइड लगायत अन्य जाचहरु आवश्यक पर्न सक्छ । एकपटक अस्पतालमा चिकित्सकलाई भेटेर सल्लाह लिनुहोला। d

Answered on 13/6/19

Post your Reply

Press Here to type in नेपाली ➤