Asked by Anonymous User

on 29/4/19

विगत १० वर्षदेखि मलाई औपचारिक रुपमा आफ्नाे भनाइ राख्न या भाषण गर्नु परेमा घाटिमा धकधक हुने, व्यक्त गर्न खाेजेकाे बिर्सने, मुख सुक्ने, कुनै कार्यक्रममा जानू भन्दा अगाडि डर लाग्ने समस्याका कारण चिन्तित छु समाधान भएमा हजुर प्रति आभारि हुने थिए । उमेर 49 वर्ष

Replies to question

Post Reply
Asst. Prof. Dr. Suman Prasad Adhikari

Consultant Psychiatrist , 3 Years of practice

तपाईंको समस्या बिचार गर्दा एन्जाइटी (Anxiety) भन्ने अवस्था देखिन्छ । पर्फर्मेन्स एन्जाइटी (Performance anxiety) हो । कृपया नजिकको मनोबिद (Clinical psychologist) सँग सम्पर्क गर्नुहोस र परामर्श (Counseling) लिनुहोस । जरुरी परेमा मनोबिदले औषधीको लागी मनोचिकित्सक (Psychiatrist) को मा रिफर गर्न सक्नुहुन्छ । प्रश्नको लागी धन्यबाद ।

Answered on 29/4/19

प्रश्नको लागि धन्यवाद । अलिअलि डर लाग्ने, भन्न खोजेको कुरा बिर्सिने र आत्तिनु सामान्य नै हो । तर आफुलाइ साच्चै डर लागेको, त्यसले दैनिक क्रियाकलापमा नै असर गरेको जस्तो लागेमा भने एकपटक मनोचिकित्सकसंग परामर्श लिन सक्नुहुनेछ । mass communication र public speaking को क्लासले पनि केही फाइदा गर्ला । हाम्रोडक्टर मार्फत मनोचिकित्सकसंग परामर्श गर्नको निम्ति यो लिन्कमा गएर अनलाइन परामर्श गर्न सक्नुहुनेछ: https://www.hamrodoctor.com/service/psychiatry

Answered on 29/4/19

Post your Reply

Press Here to type in नेपाली ➤