Asked by Anonymous User

on 25/4/18

दिनमा 15/20 पटक च्छ्युँ लाहिरहन्थ्यो.. नाकबाट सिगान बगिरहन्थ्यो अनि विगत 10 दिन देखि Fexofenadine 180mg को औसधि लिइरहेको छु। तर अहिले पनि विशेषगरि बिहानको समयमा नाकबाट सिगान बगिरहन्छ अनि 2/3 पटक च्छ्युँ लाग्छ अनि केही समय नाकबाट सिगान बगिरहन्छ। यो समस्याको समाधान गर्न के गर्नुपर्ला? plz यस्को उपाय भनिदिनुस न। यो समस्याले सारै दुख दिइरहेको छ😑😑

Replies to question

Post Reply

प्रश्नको लागि धन्यवाद। हाछ्यु आउने, घाँटी चिलाउने, खसखस हुने समस्या प्राय एलर्जीले गर्दा हुने गर्छ। आफुलाइ के को एलर्जी भएको हो पत्ता लाएर त्यो कुराबाट टाढा बस्नुनै यसबाट बच्ने मुख्य उपाय हो । त्यसैले धुवा धुलो, चिसो वा अन्य के कुराअओ एलर्जी छ याद गर्नुहोला। औसधीले केही समयलाई ठिक गरेपनी एलर्जी फेरि फेरि फर्किन सक्छ । त्यसैले के को एलर्जी हो त्यो बुझ्नुनै बुद्दीमानी हुन्छ । लामो समयसम्म पनि ठिक नभएमा अरु कुनै समस्या छ कि भनेर यकिन गर्न एकपटक नाक काण घाँटी रोग विशेषज्ञलाई देखाउनुहोला।

Answered on 28/4/18
Dr. Yagya Raj Pokharel

Emergency Medicine & GP

हाच्छिउ धेरै आउने समस्या धेरै जसो एलर्जी कै कारणले हुने गर्छ! तर सधै भरी एलर्जी मात्र भनेर बसेर नि हुन्न! तपाईं लाई लामो समय यस्तो भएको देखिन्छ! त्यसैले नजिक को डाक्टर को सल्लाह लिनुस! कहिले काहीँ केही बाहिरी कुरो (foreign body) भित्र छिरेको नि हुन सक्छ! त्यसैले नाक कान घाँटी बिशेषज्ञ को परामर्श लिएको राम्रो! धन्यवाद!

Answered on 25/4/18

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters

Asked by Anonymous User

15 hours, 44 minutes ago

white patch’s in baby body

Asked by Anonymous User

15 hours, 44 minutes ago

white patch’s in baby body