Asked by Anonymous User ,26 years

on 18/3/19

मलाई सुक्खा खाेकि लागिरहन्छ घाँटी मा कफ अडकेकाे जस्तो हुन्छ बल गरेर तानाे वलगम जस्तो कफ अाउछ दाइने पट्टी छाति भित्र अपठयाराे हुने अनि चिलाकाे जस्तो हुन्छ सगै कहिले काहिँ अमिलो पानी अाउछ छाति पाेल्ने गर्छ के भाकाे हाेला मैले बल्ड कफ टेस्ट गरे एक्सरे गरे केही देखिन

Replies to question

Post Reply

Gerd reflux maलामाे समय सम्म खाेकि लाग्ने कफ अाउने छातिमा अप्ठ्यारो हुने छातिभित्र केही अड्केकाे जस्तो हुने घाँटी र छाति काे बीच भागमा खसखस हुने चिलाउने हुन सक्छ ? अनि यसमा कति समय अाैषधी पर्याेग गर्नुु पर्नेछ

Answered on 19/3/19

अमिलो पानी आउने, घाँटी चिलाउने, सुख्खा खोकी लाग्ने समस्या GERD भनिने Reflux disease पनि हुन सक्छ । तपाइँको लक्षण हेर्दा त्यसैसंग मिल्दोजुल्दो छ । यसको लागि औसधि सेवन गर्नुपर्छ । प्रसस्त पानी पिउनुहोला, खाली पेट नबसी थोरै थोरै भए पनि केही खाइरहनुहोला र चिल्लो पिरो अमिलो कम गर्नुहोला। यति गर्दा नि कम नभए वा साह्रै अफ्ट्यारो भएमा एकपटक पेट रोग विशेषज्ञलाई देखाएर त्यसैअनुरूप गर्नुहोला। धन्यवाद ।

Answered on 19/3/19

Post your Reply

Press Here to type in नेपाली ➤