Asked by Reshma Chhantel

on 26/6/21

म गर्भवती भयको 3 महिना भयो। हाम्रो नजिकै को एकजना दाई कोरोना पोजेटिभ हुनुहुन्छ । मलाई पनि रुघा लागेको 3 दिन भयो।त्यहि शंका ले गर्दा मैले घरेलुु जडिबुटी आँप को पात, अम्बा को पात, असुरो को पात, उखुको पात,निम को पात ,अदुवा ,लसुन, मरिच, ल्वाङ सुक्मेल,तेजपत्ता,काचोँ बेसार ,मेथि ज्वानो आदि पानी मा उमालेर अलिकति 1/2 चम्चा खाने अनि बोजो को जरा पनि मिसायर बाफ लिने गरेको छु । यस्ले गर्भ को बच्चा लाई केहि असर गर्छ कि गर्दैन ? डक्टर साहेब कृपया बताईदिनु होला।🙏🙏🙏

Replies to question

Post Reply
Dr. Purushottam Adhikari

Medical Officer, 2 Years of practice

धेरै मात्रामा आयुर्वेदिक औसधिहरु त्यसरी सेवन गर्नु अगाडि एकपटक आयुर्वेद डाक्टरको सल्लाह लिनुहोला। आफै अफ्नै सुरले नगर्नुहोला। कतिपय आयुर्वेदिक औसधिको composition थाहा हुदैन। त्यसले हानी नि गर्न सक्छ ।

Answered on 27/6/21

Namaste! Yedi tapai aafno samasya bare doctor sanga paramarsha lina chahanu hunxa vane tala diyiyeko link ma click garnu hola, https://www.hamrodoctor.com/service/obstetrics-and-gynecology

Answered on 27/6/21

Post your Reply

Press Here to type in नेपाली ➤